१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

काठमाडौं वीर अस्पतालमा प्राविधिक समस्या आउँदा ओपीडी (टिकट) वितरण प्रभावित,

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष ०७, २०८१

 

काठमाडौं । टिकट लिनका लागि बिहानैदेखि लाइनमा बसे पनि टिकट नपाएको बिरामीहरुले गुनासो गरेका छन् ।

अनलाइनखबरको सम्पर्कमा आएका एक बिरामीले घण्टौंदेखि लाइन बसिरहँदा पनि टिकट नपाएको बताए ।

वीर अस्पतालका सूचना अधिकारी सिताराम खड्काले आज बिहानैदेखि सर्भर डाउन भएकाले टिकट वितरणमा समस्या आएको स्वीकार गरे । तर बिरामीहरुलाई यत्तिकै नफर्काएको उनले बताए ।

‘सर्भर डाउन भएकाले आज फ्रिमा ओपीडी टिकट वितरण गरिएको छ,’ उनले भने, ‘लाइनमा बसेकाहरुलाई टिकटमा छाप हान्दै पठाउँदै गरेका छौं ।’ डाक्टरहरुले बिरामी जाँच्न समेत सुरु गरिसकेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]