२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडिरहेका समय गोली प्रहार,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, पुष ०७, २०८१

 

काठमाडौं । अमेरिका दुवै पाइलटलाई जीवितै उद्धार गरिएको छ तर ‘प्रारम्भिक अनुसन्धानले चालक दलका एक सदस्यलाई सामान्य चोट लागेको सङ्केत गरेको छ’ संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्डले फ्लोरिडाको स्थानीय समयअनुसार शनिबार राति जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले भनेको छ, ‘यो घटना शत्रुतापूर्ण आक्रमण थिएन तर यसको पूर्ण अनुसन्धान भइरहेको छ ।’

सेन्टकमका अनुसार निर्देशित क्षेप्यास्त्र क्रुजर युएसएस गेटिसबर्गले ‘भूलवश एफ÷ए–१८’ लडाकु विमानमा प्रहार गरेको थियो । यमनका हुथी विद्रोहीहरूले रेड सी र एडेनको खाडीमा इजरायली संलग्नता भएका व्यापारिक जहाजहरूलाई बारम्बार निशाना बनाउने गरेकाले सम्भावित विनाशकारी गल्तीले संयुक्त राज्य अमेरिका एक वर्षभन्दा बढी समयदेखि संलग्न मिसनको खतरालाई औंल्याउँछ ।

इजरायलको व्यापारिक केन्द्र तेल अभिवमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहारबाट मानिस घाइते भएको केही घण्टापछि संयुक्त राज्य अमेरिकाले शनिबार यमनको विद्रोहीको नियन्त्रणमा रहेको राजधानी यमनको लक्ष्यमा आक्रमण गरेको बताएको थियो ।

अमेरिकी सेनाले रेड सीमा हुथी ड्रोन र जहाजभेदी क्रुज क्षेप्यास्त्र पनि खसालेको छ । सन् २०२३ को अक्टोबर ७ देखि इजरायल र हमासबीच युद्ध जारी रहेको गाजामा हुथी विद्रोहीले प्यालेस्टिनीप्रति ऐक्यबद्धता जनाएका छन् ।

एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

बागलुङ । नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ। स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन। घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै […]

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

error: Content is protected !!