१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

गृह-मन्त्रालयका गृह सचिव गोकर्णमणि दुवाडीको स्थलगत भ्रमण तथा अनुगमन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, पुष ०९, २०८१

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वार्ड नं. ६, दलिन्चोकमा निर्माण हुँदै गरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको स्थलगत भ्रमण तथा अनुगमन कार्यक्रम, नेपाल सरकार तालुक गृह-मन्त्रालयका श्रीमान् गृह सचिव गोकर्णमणि दुवाडीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको ।

उक्त कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यू, प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईज्यू, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाज्यू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यू, गृह मन्त्रालय नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सह सचिव आनन्द काफ्लेज्यू, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालज्यू, ने.प्र.प्र.का. भौतिक पूर्वाधार निर्देशनालयका प्र.ना.म.नि. ई. फणिन्द्र बरालज्यू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, भारतीय दुतावास काठमाडौँका Second Secretary कुमार गौरवज्यू, ASO (DP) बिनित मलिकज्यू, Central Public Works Department (CPWD) का परामर्शदाता ईन्जिनियर, निर्माण व्यवसायी ACIL-RCPL JV का प्राविधिक तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा आयोजनाका परामर्शदाताले परियोजनाको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नुका साथै अतिथिज्यूहरुबाट योजनाको स्थलगत अवलोकन समेत भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]