१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

दाङको भालुवाङमा बप्तिस चर्चले (क्रिसमस) भब्य मनाइयो,

Logo
सागर थापा प्रकाशित शुक्रबार, पुष १२, २०८१

 

दाङ । भालुवाङ सम्पूर्ण मानव जातिका उद्धारकर्ता प्रभु येशू ख्रिष्टकाे जन्मोत्सव क्रिसमस अर्थात् बडादिन बुधबार मनाइएको छ । प्रभु परमेश्वर मानिसको रुपमा मानिसको पापकाे मूल्य चुकाउन स्वर्ग छाेडेर पृथ्वीमा अवतरण भएको खुशियाली अवसरकाे विश्वास गरेर यो पर्व मनाउने गरिन्छ ।

दाङको पूर्वी देउखुरी भालुवाङमा बडादिन क्रिसमस भव्य र उल्लासमय तरिकाले सम्पन्न गरिएको छ । भालुवाङस्थित भालुवाङ बप्तिस चर्चकाे प्राङ्गणमा चर्चका पाष्टर बिदुर एम सीको अगुवाइमा सो क्रिसमस कार्यक्रम भएको हाे । बालबालिका, युवायुवती तथा बूढाबूढी सबै उमेर समूहका मानिसहरु चर्चमा भेला भएर जीवित परमेश्वरको भक्ति आराधना गरेका थिए ।

केही कोरस गीतका साथमा प्रभु येशू ख्रिष्टका जन्म सम्बन्धि क्रिसमस क्यारल गीतमा सबै झुमेका थिए । क्रिसमस पर्व खाने पिउने रमाइलो गर्नेमा मात्रै सिमित हुँदैन । प्रभु परमेश्वर येशू ख्रिष्टकाे नाममा मानिसको पापकाे ज्याला चुक्ता गर्न बालक मानिस बनेर हाम्रो बीचमा आउनुभएकोमा उहाँप्रती हामी सबै धन्यवादी बन्नुपर्छ र अरुलाई पनि यस्तो अभूतपूर्व खुसीको कुरामा जोडनु नै यो पर्वको खास अर्थ भएको कार्यक्रममा उपस्थित भक्तजनहरुले बताएका छन् ।सारा विश्वभरका सबै देशहरुमा सबै जातीका मानिसको खुशीको पर्व भएकोले त्यही रूपमा यो पर्व मनाइने गरिएको र यो सम्पूर्ण मानवका लागि एउटा ठूलो अवसर भएको उल्लेख गर्दै चर्चका पाष्टर बिदुर एम सीले पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरकाे वचन पाठ गरेर उपस्थित सबैलाई आशिशीत तुल्याएका थिए । सेवाको सञ्चालन चर्चकि सचिव सरस्वती नेपालीले गरेकी हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।