१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

भारतीय सिमा एसएसबी बीच र सशस्त्र प्रहरी बल र डीआईजीस्तरीय समन्वय बैठक सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, पुष १४, २०८१

 

पर्सा । सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच नियमित रूपमा हुँदै आएको समन्वयात्मक बैठक शुक्रबार सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको आयोजनामा सम्पन्न भएको छ।

उक्त बैठकमा सशस्त्र प्रहरी बल, नेपालका तर्फबाट बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालीदास धौवजीको नेतृत्वमा सहभागीता रहेको थियो भने भारतीय एसएसबीका तर्फबाट सेक्टर हेडक्वार्टर मुजफ्फरपुरका डीआईजी दीपक कुमार (आईपीएस), सेक्टर हेडक्वार्टर पुरेनियाका सेक्टर कमाण्डर डीआईजी राजेश टिकु, र सेक्टर हेडक्वार्टर बेतियाका सेक्टर कमाण्डर डीआईजी एस. सुर्बमेनियमको उपस्थिति रहेको थियो।

मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपालका गणपति, निमित्त गणपति, अधिकृतहरू र एसएसबीका बटालियन कमाण्डेन्टहरूको पनि उपस्थिति रहेको यस कार्यक्रममा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, र सीमामा हुने अन्य आपराधिक गतिविधि रोकथामका विषयमा विस्तृत छलफल भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।