२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

सुदूरपश्चिमका डीआईजी गणेश चंन्द कैलाली जिल्ला विभिन्न प्रहरी कार्यालयको निरीक्षण र निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष १५, २०८१

 

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्दले आइतबार (हिजो) जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी लगायत कैलाली मातहत ट्राफिक तथा अन्य कार्यालयको निरीक्षण भ्रमण सम्पन्न गरेका छन्। यस अगाडि उनले पहाडी जिल्लाको अनुगमन गरेका थिए।

त्यसपछि हिजो भ्रमणको क्रममा उनले कैलालीका कार्यालय भवन, ब्यारेक, क्वाटर गार्ड, मेस, हिरासत कक्षलगायत संरचनाहरूको निरीक्षण गर्नुका साथै त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूसँग प्रत्यक्ष संवाद गरे।

जसक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीमा आयोजित कार्यक्रममा प्रमुख चन्दले अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा कुनै पनि प्रकारको प्रभावमा नपरी व्यावसायिक निष्ठाका साथ कार्य गर्न निर्देशन दिएका थिए।

यस्तै चन्दले सिमावर्ती अपराध र तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन, फैसला कार्यान्वयन र फरार अपराधी पक्राउलाई प्राथमिकताका साथ प्रभावकारी ढंगले अघि बढाउन, लागू औषधविरुद्धको अभियान थप सशक्त र परिणाममुखी बनाउन पनि निर्देशन दिए।

त्यस्तै चन्दले प्रहरी कर्मचारीलाई गैर-व्यवसायिक क्रियाकलापमा संलग्न नहुन, प्रहरी आचरण विपरीतका गतिविधिहरूमा कडाईका साथ नियन्त्रण गर्न पनि चेतावनी दिए।

त्यस्तै प्रदेश प्रहरी गण धनगढीमा आयोजित अर्को कार्यक्रममा चन्दले संगठनले निर्दिष्ट गरेको मिडिया नीतिको पालना गर्न र सामाजिक सञ्जालको दुरुपयोग नगर्न चेतावनी दिए। उनले बल प्रयोग गर्दा मानव अधिकारको उच्च सम्मान र संरक्षण गर्दै व्यावसायिक र अनुशासित भएर कार्य सम्पादन गर्न निर्देशन दिए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक नवराज कार्की, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर बिष्ट, र सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेललगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

बागलुङ । नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ। स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन। घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै […]

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

error: Content is protected !!