१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

लुम्बिनी प्रदेश सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हे क्वाको १८ औ वार्षिक उत्सव समारोह भब्य सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष १५, २०८१

कपिलवस्तु । सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हे क्वा कपिलवस्तुले सोमबार १८ औं वार्षिक उत्सव भव्य रूपमा मनाएको छ। कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

उक्त अवसरमा प्रमुख अतिथि तिउसिनाले सशस्त्र प्रहरी बलको पेसागत दक्षता र नागरिक सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए। उनले सिमाको रक्षा गर्न पाउनु एउटा गौरवपूर्ण अवसर भएको बताउँदै प्रहरी बललाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरे।
कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले सशस्त्र प्रहरी बलले नागरिक सुरक्षामा गरेको कामको प्रशंसा गर्दै अपराध नियन्त्रण र शान्ति सुरक्षामा बलको महत्त्वपूर्ण योगदान रहेको बताए। त्यस्तै, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सशस्त्र प्रहरी बलले सिमा सुरक्षा र शान्ति सुरक्षामा उल्लेखनीय भुमिका निर्वाह गरेकोमा प्रशंसा गरे।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेले जिल्लामा सशस्त्र प्रहरी बलले गरेका विभिन्न कार्यहरूको बारेमा जानकारी गराएका थिए।
वार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिएको थियो। प्रतियोगिताका विजेताहरूलाई सम्मान सहित प्रमाणपत्र प्रदान गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।