१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

बुधबार तपाईंको राशिफल,

Logo
Abc Sanchar प्रकाशित बुधबार, पुष १७, २०८१

 

मेष : दिन राम्रो छ। दैनिक काम सहजै बन्नेछन्। हरेक काममा स्वास्थ्यले साथ दिनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राज्यको महत्त्वपूर्ण क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

वृष : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। दाजुभाइसँग सहकार्य भए फाइदा हुनेछ। चिसोबाट लाग्ने रोगबाट बच्ने प्रयास गर्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ। परिवारसँग बसेर रमाइलो गर्ने योजना बन्नेछ। साथीभाइसँगको संगत फलदायी हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

कर्कट : बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या हुनसक्छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। विपक्षी सक्रिय भएकाले हरेक ठाउँमा बाधा हुनेछ। सुझबुझका साथ अगाडि बढ्नु फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

सिंह : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परीक्षा दिएको भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वदेशमा भन्दा विदेशतर्फ मन आकर्षित हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन सामान्य छ। आफ्नो स्वास्थ्यलाई बिर्सिएर करुको विषयमा चासो राख्ने बानीले ठुलो घाटा हुनेछ। चिसोबाट सचेत नभएमा स्वास्थ्य समस्या देखिने जोखिम छ। यात्राको योजना बनाएको भए स्थगित गर्नु राम्रो हुनेछ। परिवारबाट भने धोका हुने जोखिम छ।

तुला : दाजुभाइसँगको सहकार्य सफल बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। आफन्तलाई खुशी पार्न समस्या हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

वृश्चिक : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। सानो कुराले मनमा खटपटी बढ्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्राविधिक शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

धनु : दिन राम्रो छ। हरेक रोगबाट मुक्त हुने दिन छ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारबाट धोका हुने भएकाले सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

मकर : दैनिक काम सहजै बन्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। विपक्षीको साथमा महत्त्वपूर्ण काम बन्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

कुम्भ : बोलीमा सरस्वतीको बास छ। परोपकारमा सक्रिय हुनु राम्रो हुनेछ। गुरुबाट असहयोग हुँदा मन भने दुःखी हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। ठग सक्रिय भएकाले राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु
राम्रो हुनेछ।

मीन : दिन समान्य छ। दैनिक काम सहज भए पनि बौद्धिक क्षेत्रमा साथीहरुले असहयोग गर्नेछन्। गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा लगानी गरेको भए लाभ हुनेछ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।