१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

नेपाल प्रहरीका ५ जना एसएसपी डीआईजी पदमा बढुवाका सिफारिस,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, पुष १८, २०८१

 

काठमाडौं । बिहीबार बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त पाँच डीआईजी पदमा ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, र गोबिन्द थपलियालाई सिफारिस गरेको हो।

प्रहरी प्रधान कार्यालयले डीआईजी पदमा बढुवाका लागि सिफारिस गरिएको सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सार्वजनिक गरेको छ।

सिफारिस गरिएको सूची मन्त्रिपरिषद्को अनुमोदनपछि कार्यान्वयनमा आउनेछ।

पहिलो नम्बरमा डीआईजीमा सिफारिस भएका कार्की प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन्। सुदूरपश्चिम घर भएका भट्ट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, आचार्य लागु औषध नियन्त्रण ब्यूरो, पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र थपलिया मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखामा कार्यरत छन्।

अर्जुन चन्द ठकुरी डीआईजीबाटै अवकास भएपछि एउटा दरबन्दी रिक्त भएको थियो। बाँकी चार डीआईजी भने एआईजीमा बढुवा भएका थिए। दुर्गा सिंह चन्द र भरतबहादुर एआईजीमा बढुवा भएपछि अरु दुई वटा पद रिक्त भएका थिए। बोहरा भने एआईजीबाटै अवकास भइसकेका छन्।

यस्तै कुवेर कडायत र रविन्द्र केसी एआईजी बढुवामा सिफारिस भएपछि उक्त स्थानमा पनि बढुवा सिफारिस गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।

बाँके । ‘हनी ट्रयाप’ मा पारेर एक पुरुषबाट नगद तथा जिन्सी सामान असुलेको आरोपमा बाँके प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्दै आएकी युवती समातिएकी हुन् । श्रेष्ठ थरकी ३० बर्षिया युवती काठमाडौं–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाटै खटिएको […]