२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

एसएसपी राना १ नम्बरमा रहेका किन छुटे डीआईजी बढुवामा ?

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, पुष १९, २०८१

काठमाडौं । नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले रिक्त पाँच डीआईजी पदमा बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिसमा ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, र गोविन्द थपलिया परेका छन्।

पहिलो नम्बरमा डीआईजीमा सिफारिस भएका कार्की प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन्। सुदूरपश्चिम घर भएका भट्ट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, आचार्य लागु औषध नियन्त्रण ब्यूरो, पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र थपलिया मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखामा कार्यरत छन्।

तर यस अगाडिदेखि नै वरिष्ठताको सूचीमा पहिलो नम्बरमा भएका एसएसपी ओम बहादुर राना भने बढुवा सिफारिसमा छुटेका छन्। स्रोतका अनुसार उनी विगतमा पटक–पटक विभागीय कारबाहीमा परेको कारणले बढुवाबाट छुटेका हुन्।

रानाको २०६६ सालमा दुई वर्षका लागि बढुवा रोक्का भएको थियो। त्यसपछि २०६८ सालमा फेरि दुई ग्रेडका लागि रोक्का गरिएको थियो। २०७८ सालमा पनि उनलाई विभागीय कारबाही गरिएको थियो।

राना हाल मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रमुख रहेका छन्। उनी राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए। तर, विगतका विवादित क्रियाकलापका कारण यो पटक बढुवा समितिले उनलाई छुटाएको छ।

उता रानाका ब्याचमेटहरू भने यसअघि नै डीआईजीमा बढुवा भइसकेका छन्। तीमध्ये केही आगामी चैतमा एआईजी बन्ने सम्भावना रहेको छ।

यस्तै पावर सेन्टरको नजिक मानिएका एसएसपी दिलिप सिंह देउवा पनि यो पटक बढुवा हुन सकेनन्। उसो त उनी यस अगाडि नै बढुवा पड्काउने लाइनमा थिए। तर दोस्रो पटक भएको डीआईजी बढुवा सिफारिसमा पनि उनी अटाएका छैनन्। उनी आफूलाई पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निकटस्थ मान्छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

बागलुङ । नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ। स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन। घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै […]

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

error: Content is protected !!