१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

चिसो र हुस्सुले बाँकेसहित तराईका जिल्लाहरुमा जनजीवन प्रभावित,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, पुष १९, २०८१

 

बाँके । बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै सितलहर सुरु भएसँगै चिसो बढेको हो ।
शीतलहरसँगै बढेको चिसोले बाँकेलगायत आसपासका जिल्लाका जनजीवन प्रभावित भएको छ । चिसो र शीतलहरले बाँकेका आठवटै पालिकाको जनजीवन कष्टकर बनेको छ ।

चिसोबाट बच्चा, वृद्ध र विपन्न परिवारहरू बढी प्रभावित भएका छन् । अत्याधिक चिसोको कारण मानिसहरूलाई घर बाहिर निस्कनसमेत मुस्किल परेको छ ।

विद्यालय, क्याम्पसमा विद्यार्थीको उपस्थिति घटेको छ ।  न्यानो कपडा बिक्रीबाहेक अन्य व्यापार व्यवसायमा मन्दी आउन थालेको नेपालगञ्जका व्यापारी रेवती रमणले बताए । ग्रामीण भेगमा विशेष गरी चिसो छल्न घुर, आगो बालेर तापिरहेका छन् ।

चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिहरूले स्वास्थ्यमा ख्याल गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

अहिलेसम्म बाँकेको कुनै पनि स्थानीय तहले आगो बालेर ताप्नका लागि दाउराको व्यवस्था र न्यानो कपडाको प्रबन्ध गरेका छैनन् । चिसोका कारण बाँकेका सबै पालिकाको जनजीवन कष्टकर बनेको छ । चिसोले नेपालगञ्ज, कोहलपुर र खजुरा बजारहरूमा चहलपहल घटेको छ । अत्याधिक जाडोले सवारीसाधनमा यात्रुहरूको चापसमेत घटेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।

बाँके । ‘हनी ट्रयाप’ मा पारेर एक पुरुषबाट नगद तथा जिन्सी सामान असुलेको आरोपमा बाँके प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्दै आएकी युवती समातिएकी हुन् । श्रेष्ठ थरकी ३० बर्षिया युवती काठमाडौं–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाटै खटिएको […]