२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्र प्रहरी बलको लुम्बिनी,कोशी,मधेश प्रदेशका डिआइजीलाई मुख्यालयमा तानियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, पुष २१, २०८१

 

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले सीमावर्ती तीन प्रदेशका डिआइजीलाई मुख्यालय हल्चोकमा तानेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका डिआइजीलाई सीमा सुरक्षा विभाग प्रमुख सिपी गौतमसमक्ष उपस्थित गराइएको छ। सीमा सुरक्षामा समस्या देखिएको र व्यवसायिकतामा प्रश्न उठेकी भन्दै उनीहरू तानिएका हुन्।

जसमध्ये कोशी प्रदेशका डिआइजी शम्भु सुवेदी व्यक्तिगत कामका लागि भन्दै अमेरिका गएका छन्। उनी अनुपस्थित रहेपछि निमित्तको रूपमा जिम्मेवारी सम्हालिरहेका एसएसपी मनिष थापालाई पनि मुख्यालयमा झिकाइएको छ। अविवाहित थापा खानपिनमा रसिक र अनुशासित व्यक्तित्वका रूपमा चिनिन्छन्।

मधेश प्रदेशका डिआइजी कालिदास धौबजी पनि मुख्यालय हल्चोकमा तानिएका छन्। लुम्बिनी प्रदेशका डिआइजी प्रदीपकुमार पाललाई पनि मुख्यालयमा हाजिर गराइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।