१२ आश्विन २०८३, सोमबार
28-09-2026 , Mon
×

हुस्सुले तराईका अधिकांश विमानस्थलको उडान अवरुद्ध,

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष २१, २०८१

 

 

काठमाडौँ । पर्याप्त भिजिबिलिटी नभएका कारण आइतबार बिहान तराईका अधिकांश विमानस्थलमा उडान हुन सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगरलगायत विमानस्थलमा उडान/अवतरणका लागि पर्याप्त भिजिबिलिटी छैन ।

तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगञ्जको भिजिबिलिटी सुधारोन्मुख रहेको छ ।

भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा केही बेर अघिदेखि उडान सुरु हुने विमानस्थलले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट पेट्रोल पम्प नजिक बाइक र अटो ठोक्किएका छन्। दुर्घटनामा बाइकमा सवार दुईजना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भालुवाङ स्वास्थ्य चौकी पठाइएको छ। थप विवरण आउन बाँकी छ।

चितवन । नारायणीको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। बगेर आएको घरजत्रो क्रुजसिप नारायणी पुलको गैंडाकोटतर्फको भागमा अड्किएको छ। क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा परेको छ।

पाल्पा । अविरल वर्षासँगै कालीगण्डकी नदीको बहाव बढेपछि पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल क्षेत्र डुबानमा परेको छ । नदीको सतह बढ्दा रानीमहल दरबारसहित आसपासका आधा दर्जन होटल, रिसोर्ट तथा पसल प्रभावित भएका छन् । स्थानीयका अनुसार हरेक वर्ष बाढी र नदी कटानले रानीमहल जोखिममा पर्दै आएको छ । दरबारको जगसमेत नदी कटान र पहिरोका कारण […]