१२ आश्विन २०८३, सोमबार
28-09-2026 , Mon
×

नुवाकोटको सबै वडामा कानूनी शिक्षा तथा न्यायिक जनचेतना कार्यक्रम सम्पन्न,

Logo
सागर थापा प्रकाशित सोमबार, पुष २२, २०८१

 

नुवाकोट । विवादको साटो – मेलमिलापको बाटो” भन्ने मूल नाराका साथ सबै वडामा कानूनी शिक्षा तथा न्यायिक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ बेलकोटगढी नगरपालिका, नुवाकोटको न्यायिक समितिको आयोजनामा ६ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बेलकोटगढी नगरपालिका स्थित सबै वडामा आम नागरिकलाई कानूनी शिक्षा तथा न्यायिक कुरामा सुसूचित बनाउने उदेश्यले संचालित ६ दिने प्रशिक्षण कार्यक्रममा प्रशिक्षकको रुपमा खटिई “आत्महत्या रोकथाम र न्यूनीकरणका उपायहरू” सम्बन्धमा साथै सकारात्मक सोचको विकास कसरी गर्ने?

सवालमा प्रशिक्षण प्रदान गर्नुहुँदै जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएका प्रहरी सहायक निरीक्षक राजेश के.सी. साथै उक्त कार्यक्रममा स्थानियहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

साथै विद्यमान संविधान, कानुन, स्थानिय सरकार सञ्चालन ऐन, स्थानिय न्यायिक समितिको काम कर्तव्य अधिकार लगायतका विषयमा बेलकोटगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उपसचिव हरेन्द्र कुमार श्रेष्ठ र न्यायिक सहजकर्ता विदुर पुडासैनी लगायतको प्रशिक्षण समेत रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट पेट्रोल पम्प नजिक बाइक र अटो ठोक्किएका छन्। दुर्घटनामा बाइकमा सवार दुईजना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भालुवाङ स्वास्थ्य चौकी पठाइएको छ। थप विवरण आउन बाँकी छ।

चितवन । नारायणीको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। बगेर आएको घरजत्रो क्रुजसिप नारायणी पुलको गैंडाकोटतर्फको भागमा अड्किएको छ। क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा परेको छ।

पाल्पा । अविरल वर्षासँगै कालीगण्डकी नदीको बहाव बढेपछि पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल क्षेत्र डुबानमा परेको छ । नदीको सतह बढ्दा रानीमहल दरबारसहित आसपासका आधा दर्जन होटल, रिसोर्ट तथा पसल प्रभावित भएका छन् । स्थानीयका अनुसार हरेक वर्ष बाढी र नदी कटानले रानीमहल जोखिममा पर्दै आएको छ । दरबारको जगसमेत नदी कटान र पहिरोका कारण […]