१२ आश्विन २०८३, सोमबार
28-09-2026 , Mon
×

दाङ जिल्ला ट्राफिकले बाटोमा बेसारिसे अवस्थामा रहेको (ब्याग) धनिलाई बुझायो,

Logo
सागर थापा प्रकाशित मंगलबार, पुष २३, २०८१

 

दाङ । घोराही उप-महानगरपालिका वडा १५ चौघेरा गेटबाट अं. ५० मि. अगाडी लमही तर्फ जाने बाटोमा बेसारिसे अवस्थामा रहेको लेडिज ब्याग सोही सडक खण्डमा चल्ने रा १ ह २८५४ नम्बरको अटो चालक रुपेश नेपालीले फेला पारी जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङमा बुझाएकोमा ब्याग धनि जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. १५ बस्ने दिपा बुढा मगर जिल्ला ट्राफिक कार्यालय दाङमा सम्पर्क राख्न आई उक्त ब्याग आफ्नो हो भनि पहिचान गरि ब्याग भित्र रहेका हाते ब्याग थान-१,सोही ब्याग भित्र रहेको नगद रु.११५०/-(अक्षेरुपी एक हजार एक सय पचास),ग्लोबल आई.एम.ई.आई बैंक को चेकबुक थान-१,मोबाईल थान-१,VISA CARD थान-१ र डायरी थान-१ यस कार्यालय मार्फत निज ब्याग धनि दिपा बुढा मगरलाई बुझाईएको जिल्ला ट्राफिक दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट पेट्रोल पम्प नजिक बाइक र अटो ठोक्किएका छन्। दुर्घटनामा बाइकमा सवार दुईजना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भालुवाङ स्वास्थ्य चौकी पठाइएको छ। थप विवरण आउन बाँकी छ।

चितवन । नारायणीको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। बगेर आएको घरजत्रो क्रुजसिप नारायणी पुलको गैंडाकोटतर्फको भागमा अड्किएको छ। क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा परेको छ।

पाल्पा । अविरल वर्षासँगै कालीगण्डकी नदीको बहाव बढेपछि पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल क्षेत्र डुबानमा परेको छ । नदीको सतह बढ्दा रानीमहल दरबारसहित आसपासका आधा दर्जन होटल, रिसोर्ट तथा पसल प्रभावित भएका छन् । स्थानीयका अनुसार हरेक वर्ष बाढी र नदी कटानले रानीमहल जोखिममा पर्दै आएको छ । दरबारको जगसमेत नदी कटान र पहिरोका कारण […]