११ आश्विन २०८३, आइतबार
27-09-2026 , Sun
×

खराब मौसकका कारण ३० वटा आन्तरिक उडान सेवा रद्द भएको छ

Logo
Abc Sanchar प्रकाशित मंगलबार, पुष २३, २०८१

 

काठमाडौं । त्रिभुवन विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणका अनुसार मंगलबार ३० वटा आन्तरिक उडान रद्द भएका छन्।

बुद्ध एयरको मात्र १७ वटा उडान रद्द भए। बुद्धको भैरहवाको ६, नेपालगञ्ज र जनकपुरको ४/४, तथा सिमराको तीन वटा उडान रद्द भएका छन्।

त्यस्तै, यती एयरलाइन्सको भैरहवाको दुई र सिमरा, नेपालगञ्ज, जनकपुर र विराटनटरका १/१ उडान हुन सकेनन्। श्री एयरलाइन्सको नेपालगञ्ज तीन, भैरहवा दुई र भरतपुर र सुर्खेतका १/१ उडान रद्द भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तराईका जिल्लाहरुमा बाक्लो  हुस्सुका कारण नियमित उडानहरू रद्द भएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल डाँडानजिक पहिरो खस्दा दाङ-कपिलवस्तु सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस सडक भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं । बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको […]

दाङ । नेकपा (एमाले) दाङले पत्रकार शरदप्रसाद अधिकारी र अनिलकुमार आचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। एमाले दाङका नेता समेत रहेका अधिकारी र आचार्यले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीको नीति तथा निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाइएको हो। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते […]