११ आश्विन २०८३, आइतबार
27-09-2026 , Sun
×

मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी बलको चारजना डीआईजीको पदावधि थपियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, पुष २३, २०८१

 

काठमाडौं । (मंगलबार) साँझ बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सिफारिस अनुसार आजै राति (पुस २३ गते) बाट चार वर्षे पदावधि पूरा गरी अवकास हुन लागेका डीआईजीहरुको एक वर्ष पदावधि थप्ने निर्णय गरेको हो ।

डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको कार्यकाल एक वर्ष लम्बिएसँगै यिनैमध्येबाट एक जनालाई आईजीपी बन्ने बाटो पनि खुलेको छ । गिरी सशस्त्र प्रहरी बल प्रशिक्षणको प्रमुख, ठाडामगर नम्बर ३ बाहिनी बागमती प्रमुख, नेम्वाङ नम्बर ४ बाहिनी गण्डकी प्रमुख र सुवेदी नम्बर १ बाहिनी कोशीका प्रमुख हुन्।

तीन वर्षपछि सशस्त्र प्रहरी बलको महानिरीक्षक बन्नेगरी आगामी वैशाखमा कमल गिरी र गणेश ठाडा मगरमध्ये एक जना एआईजीमा बढुवा हुनेछन् । एआईजी चन्द्रप्रकाश गौतम वैशाखमा अनिवार्य अवकास हुनेछन् । सशस्त्र प्रहरी नियमावलीको नियम ६५ मा सशस्त्र प्रहरी कर्मचारीहरुको अनिवार्य अवकाशसम्बन्धी व्यवस्था छ । सोही नियमको उपनियममा (१) मा आईजीपी, एआईजी र डीआईजीको कार्यकाल ४ वर्षको हुने उल्लेख छ ।

तर उपनियम (२) मा सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक र सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बहाल रहेका सशस्त्र प्रहरी अधिकृतको पदावधि एक वर्ष थप गर्न सक्ने व्यवस्था छ । एआईजी र डीआईजीको उमेर ५६ वर्ष पुगेमा भने पदावधि बाँकी हुँदै अनिवार्य अवकाश हुनेछन् । आईजीपीको उमेर हद ५८ वर्षे छ । ३० वर्षे सेवा अवधि पूरा भएमा पनि अनिवार्य अवकाश हुने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल डाँडानजिक पहिरो खस्दा दाङ-कपिलवस्तु सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस सडक भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं । बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको […]

दाङ । नेकपा (एमाले) दाङले पत्रकार शरदप्रसाद अधिकारी र अनिलकुमार आचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। एमाले दाङका नेता समेत रहेका अधिकारी र आचार्यले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीको नीति तथा निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाइएको हो। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते […]