१२ आश्विन २०८३, सोमबार
28-09-2026 , Mon
×

डीआईजी कार्कीद्वारा पाल्पा निरीक्षण शान्ति सुरक्षा बनाइ जनतालाई अनुभूति दिन निर्देशन,                            

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, पुष २४, २०८१

 

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख (डीआईजीपी) कार्कीले जिल्ला प्रहरी कार्यालय पाल्पाको निरीक्षण भ्रमण गरेका छन् ।

प्रहरी नायव महानिरीक्षक कार्कीले पाल्पा प्रहरीको निरीक्षण र कार्यसम्पादनका विषयमा जानकारी लिएका हुन् । उनले निरीक्षणका क्रममा कानून विपरितका कार्यहरू कडाइका साथ नियन्त्रण गर्न निर्देशन समेत दिएका छन् ।

शान्ति सुरक्षा बनाइ जनतालाई सुरक्षाको अनुभूति दिने, कानुनविपरितका कार्यलाई कडाइका साथ रोक्नुपर्ने लगायतका कार्य गर्न डीआईजी कार्कीले निर्देशन दिएका छन् ।उनी मातहतका जिल्लाहरूमा पुगेर स्थलगत निरीक्षण र अनुगमन तथा कार्यसम्पादनको जानकारी लिने कार्य गर्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट पेट्रोल पम्प नजिक बाइक र अटो ठोक्किएका छन्। दुर्घटनामा बाइकमा सवार दुईजना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भालुवाङ स्वास्थ्य चौकी पठाइएको छ। थप विवरण आउन बाँकी छ।

चितवन । नारायणीको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। बगेर आएको घरजत्रो क्रुजसिप नारायणी पुलको गैंडाकोटतर्फको भागमा अड्किएको छ। क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा परेको छ।

पाल्पा । अविरल वर्षासँगै कालीगण्डकी नदीको बहाव बढेपछि पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल क्षेत्र डुबानमा परेको छ । नदीको सतह बढ्दा रानीमहल दरबारसहित आसपासका आधा दर्जन होटल, रिसोर्ट तथा पसल प्रभावित भएका छन् । स्थानीयका अनुसार हरेक वर्ष बाढी र नदी कटानले रानीमहल जोखिममा पर्दै आएको छ । दरबारको जगसमेत नदी कटान र पहिरोका कारण […]