११ आश्विन २०८३, आइतबार
27-09-2026 , Sun
×

सिडिओ जयनारायण आचार्यको ४ महिनाको कार्यकाल नागरिक सेवा सुधारका लागि प्रेरणादायी

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, पुष २४, २०८१

 

काठमाडौँ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जयनारायण आचार्यले चार महिनाको कार्यकालमा काठमाडौँको प्रशासनलाई नागरिक सेवा सुधार, प्रभावकारी व्यवस्थापन र विपद् व्यवस्थापनमा नयाँ उचाइमा पुर्‍याएका छन् । २०८१ भाद्र २६ देखि पौष २३ सम्मको यस अवधिमा उनले सुधारका धेरै महत्त्वपूर्ण पहल र उपलब्धि हासिल गरे ।

सिडिओ आचार्यले कार्यालयको ढोका नागरिकहरूका लागि खुला राख्ने व्यवस्थासँगै सेवाग्राहीहरूले सिधै गुनासो राख्न सक्ने सुविधा प्रदान गरे । यसले नागरिकहरूको गुनासो र समस्याको समाधानलाई सहज बनाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालय परिसरभित्र बिचौलिया निषेधलाई कडाइका साथ कार्यान्वयन गरिनु पनि सुधारका क्षेत्रमा अर्को उदाहरणीय कदम रहेको छ ।

राष्ट्रिय परिचयपत्रको स्टक क्लियरेन्स गर्न २०८० चैत मसान्तसम्म नाम दर्ता गरिसकेका व्यक्तिहरूलाई कार्ड वितरणको प्रक्रिया सहजीकरण गरिएको थियो । कर्मचारीहरूको मनोबल बढाउन मासिक रूपमा उत्कृष्ट कर्मचारी छनोट गरी सम्मान गर्ने अभियान सुरु गरिएको छ ।

सिडिओ आचार्यले नागरिकहरूको व्यक्तिगत समस्यामा पनि उत्तिकै ध्यान पुर्‍याएका थिए । आरती रावल, रुवी खान र खगेन्द्र सुनारजस्ता व्यक्तिहरूका समस्याहरू सम्बोधन गर्न वार्ता तथा समन्वय मार्फत समाधान गरिएको छ । नागढुङ्गा सुरुङ मार्गको बाँकी जग्गासम्बन्धी समस्या समाधान गर्न पनि उनले समन्वयकारी भूमिका निभाए ।

अपाङ्गता र अशक्त नागरिकहरूका लागि घरमै नागरिकता वितरणको व्यवस्था गरिनु, क्युआर कोड प्रणालीमार्फत गुनासो सुनुवाइको प्रक्रियालाई सरल बनाउनु र शाखाहरूको नियमित निरीक्षण तथा अनुगमन गर्दै प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नु उनको सुधारात्मक कदमहरूमा पर्दछन् ।

मुद्दा व्यवस्थापनमा प्रगति
सिडिओ आचार्यको कार्यकालमा मुद्दा व्यवस्थापन पनि प्रभावकारी देखिएको छ । २०८१ भाद्र २६ देखि पौष २३ सम्म अभद्र व्यवहार, जुवा, कालोबजारी, खाद्य स्वच्छता र सवारी क्षतिपूर्तिसम्बन्धी १,२४३ वटा मुद्दा दर्ता गरिए । तीमध्ये १,१४० वटा मुद्दा फर्छ्यौट गरियो, जसले मुद्दा व्यवस्थापन प्रक्रियामा उल्लेख्य सुधार देखिएको छ ।

विपद् व्यवस्थापन र राहत वितरण
२०८१ सालको असोजमा अविरल वर्षापछि आएको बाढी र पहिरोले क्षति पुर्‍याएका नागरिकहरूको उद्धार र राहत वितरणमा सिडिओ आचार्यको नेतृत्व उदाहरणीय रह्यो । विपद् पीडित उद्धार तथा राहत मापदण्ड, २०७७ अनुसार, ३६ लाख रुपैयाँ नगद राहत वितरण गरिएको थियो । समयमै उद्धार तथा राहत वितरण हुन नसकेको गुनासो व्याप्त रहँदा काठमाडौँ प्रशासनको भूमिका भने प्रशंसनीय नै रह्यो ।

यस अन्तर्गत दक्षिणकाली, चन्द्रागिरि, नागार्जुन, कीर्तिपुर, गोकर्णेश्वर, शंखरापुर र काठमाडौँ महानगरपालिकाका प्रभावित परिवारहरूले घरमै राहत पाए । राहत वितरणले बाढी तथा पहिरो पीडितहरूको जीवनलाई सहज बनाएको थियो ।

नागरिक सेवाको नयाँ उचाइ
सिडिओ जयनारायण आचार्यको चार महिनाको कार्यकाल नागरिक सेवा सुधारका लागि प्रेरणादायी रह्यो । विशेष गरी ढोकामै केरकार हुने र भेटका लागि मात्रै पनि पावर र पहुँचको जगजगी रहने सरकारी सेवामा प्रजिअ आचार्यको ‘खुल्ला ढोका’ले सेवाका लागि पुग्ने नागरिकहरूले नौलो र उत्साहपूर्ण अनुभूति गर्न पाए । सुन्दा सामान्य भएपछि सरल भेटले मात्रै आधा समस्या समाधान भएको महसुस गर्ने सेवाग्राहीहरूका लागि भने यो नौलो स्वाद पनि रह्यो ।

यसर्थ पनि भन्न  सकिन्छ, प्रजिअ आचार्यका प्रयासहरूले काठमाडौँको प्रशासनिक सेवा र र आपद्कालीन व्यवस्थापनलाई प्रभावकारी बनाउन उल्लेखनीय भूमिका खेल्यो ।

सोमबार मात्रै गृह मन्त्रालयले काठमाडौँलगायत सात जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओसहित १२ जना सहसचिव तथा उपसचिवहरूको सरुवा गरेको थियो । जसमा प्रभावकारी कार्यसम्पादन हुँदा पनि छोटो कार्यकालमै आचार्य सरुवामा परेका थिए ।

बिकट कर्णालीबाट काठमाडौँ प्रशासन हाँक्ने नगण्य प्रशासकमध्ये एक रहेका आचार्य कार्यसम्पादनमा अब्बल र सरल कर्मचारीका रूपमा चिनिन्छन् ।

जिल्ला प्रशासन कार्यालयले आज एक कार्यक्रममा बिच आचार्यको बिदाइ गरेको छ । सहसचिव आचार्यले अब गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल डाँडानजिक पहिरो खस्दा दाङ-कपिलवस्तु सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस सडक भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं । बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको […]

दाङ । नेकपा (एमाले) दाङले पत्रकार शरदप्रसाद अधिकारी र अनिलकुमार आचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। एमाले दाङका नेता समेत रहेका अधिकारी र आचार्यले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीको नीति तथा निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाइएको हो। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते […]