२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बिहीबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित बिहिबार, पुष २५, २०८१

 

मेष : कृषिमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रष्ट वक्ता बन्न सकेमा तपाईंको प्रगति हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

वृष : अचानक खर्च बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गढबढी हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विदेशको रमझमले मन आकर्षित हुनेछ। मेहनत गरेमा हरेक क्षेत्रमा सफलता मिल्ने देखिन्छ।

मिथुन : आम्दानी बढ्नेछ। बोलीमा सरस्वतीले बास गरेकाले बोलको कुरा कार्यान्वयन हुनेछ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ। छिमेकमा भइरहेको शुभकार्यले मनमा उत्साह थप्नेछ।

कर्कट : दिन सामान्य छ। साथीभाइले गरेको आलोचना सुन्नुपर्ने हुनसक्छ। शनिदेव अनुकल भए तपाईंले गरेको काम सफल बन्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

सिंह : दिन राम्रो छ। थोरै लगानी गरे पनि राम्रो आम्दानी हुने दिन छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। थोरै बोलेर अगाडि बढेमा दिन सहज बन्नेछ।

कन्या : कृषि र पशुपन्छीको क्षेत्रमा लगानी गरेको भए घाटा हुनेछ। दाजुभाइसँगको सहकार्यबाट फाइदा हुनेछ। रोगको उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : परिवारको कुरा विश्वास गर्दा घाटा हुनसक्छ। विवेक प्रयोग गर्नु राम्रो हुनेछ। घरका मानिसले भन्दा बाहिरका व्यक्तिले सहयोग गर्नेछन्। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। खाने समयमा अप्रिय शब्द सुन्नुपर्ने बाध्यता हुनसक्छ। अढैया शनिदेवका कारण हुने यस्ता समस्याको समाधानका लागि बिहान उठेर गणेशको भजन सुन्नु राम्रो हुनेछ।

धनु : दिन राम्रो छ। बोलेको कुरा कार्यान्वयन हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। तपाईंले सुरुवात गरेका हरेक काम बन्नेछन्। स्वदेशमा विभिन्न विकल्प देखेर मनमा खुशीयाली छाउनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

मकर : मन अशान्त हुनेछ। गुरुको साथ लिएर संकटलाई टार्न सकिनेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। मिठो खान लोभ गर्दा रोगले सताउने जोखिम छ। धार्मिक व्यक्तिसँगको सल्लाहमा अगाडि बढ्नु राम्रो हुनेछ।

कुम्भ : शास्त्रको अध्ययन गरेमा सफलता मिल्नेछ। मनलाई शान्त पार्न बिहान उठेर शिवको भजन सुनेमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ।

मीन : दिन सामान्य राम्रो छ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ मिल्नेछ। बोली र व्यवहारमा एकरुपता देखाएमा दिन सहज बन्नेछ। मन मिल्ने मान्छेसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

जोतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा
सचिव – नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं. -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।