१२ आश्विन २०८३, सोमबार
28-09-2026 , Mon
×

तुलसीपुर बन्द बसको ठक्करबाट मृत्यु भएका तिर्सना घर्ती मगरको परिवार आन्दोलीत,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, पुष २५, २०८१

 

दाङ । तुल्सीपुर बसको ठक्करबाट उहाँको मृत्यु भएपछि आफन्ती र स्थानीयहरूले न्यायको माग गर्दै बसपार्कमा विरोध प्रदर्शन गरेका हुन् ।

हिजो विरेन्द्र चोकबाट बसपार्कतर्फ जाँदै गरेको लु प्र ०२००१ ख ४४ नम्बरको बसको ठक्करबाट तुलसीपुर-५ सम्झना टोलकी ३९ वर्षिय तिर्सना घर्ति मगरको मृत्यु भएको थियो ।

हिजो (बुधबार) दिउँसो पौने दुई बजेतिर तुलसीपुर-५ बसपार्क स्थित माछापुछ्रे गेट नजिकै बसले घर्तिलाई ठक्कर दिएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएकी तिर्सनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्‍याए लगत्तै उपचारकै क्रममा सवा २ बजेतिर मृत्यु भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ ।

ठक्कर दिने बस र चालक तुलसीपुर-६ का ४२ वर्षका खेमराज ओलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । तर मृतकका परिवारजनले दाेषिलाई प्रहरीले उचित कारवाही नगरेको भन्दै आन्दोलन जारी राखेका छन् ।

पीडित पक्ष, यातायात समिति र प्रहरी प्रशासनका बीचमा छलफल चली रहेको छ । पीडित पक्षले चालकको लापरबाहीका कारण घटना भएको भन्दै उचित क्षतिपूर्ती पाउनु पर्ने माग गर्दै आएका छन् ।

पीडित पक्षको मागको आधारमा त्यो दुर्घटनाको यथार्थ पत्ता लगाउनको लागि सिसीटिभी फूटेजहरु झिकेर लगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो ।

आन्दोलन भइरहेका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो मात्रामा उपस्थिति रहेको छ। मृतकको सबलाई अहिले तुल्सीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमै राखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट पेट्रोल पम्प नजिक बाइक र अटो ठोक्किएका छन्। दुर्घटनामा बाइकमा सवार दुईजना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भालुवाङ स्वास्थ्य चौकी पठाइएको छ। थप विवरण आउन बाँकी छ।

चितवन । नारायणीको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। बगेर आएको घरजत्रो क्रुजसिप नारायणी पुलको गैंडाकोटतर्फको भागमा अड्किएको छ। क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा परेको छ।

पाल्पा । अविरल वर्षासँगै कालीगण्डकी नदीको बहाव बढेपछि पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल क्षेत्र डुबानमा परेको छ । नदीको सतह बढ्दा रानीमहल दरबारसहित आसपासका आधा दर्जन होटल, रिसोर्ट तथा पसल प्रभावित भएका छन् । स्थानीयका अनुसार हरेक वर्ष बाढी र नदी कटानले रानीमहल जोखिममा पर्दै आएको छ । दरबारको जगसमेत नदी कटान र पहिरोका कारण […]