२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

रोल्पामा सुन्तला बोकेको पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, पुष २६, २०८१

 

रोल्पा । दुर्घटनामा गाडी चालक माडी गाउपालिका वडा नं. १ भित्ताबाङका २० वर्षिय हुकुम घर्ती मगरको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै दुर्घटनामा परी तीन जना गम्भिर घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा परी रोल्पा त्रिवेणी गाउपालिका वडा नं. ४ चर्कीका चन्द्र बिर घर्ती मगरको १४ वर्षिया छोरी दिलमाया घर्तीमगर, सोहि ठाउँकै कमल घर्तीको १२ वर्षिया छोरी सरीता घर्तीमगर, वडा नम्बर २ नुवागाउका सुकेन्द्र बाठामगरको छोरी ११ वर्षिया करुणा बाठामगर घाइते भएको रोल्पा प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि दाङतर्फ पठाएको प्रहरी जनाएको छ । माडी गाउपालिका वडा नं. १ पाटी खोलामा सुन्तला लोड गरी नेपालगंजतर्फ जाँदै गरेको  लु १ च ८६८७ नम्बरको पिकअप गाडी जुँगार–सिम्पानी सडकखण्डको  त्रिवेणी–४ मथुरापानीमा शुक्रबार बेलुका पौने ५ बजेतिर दुर्घटनामा परेको हो । गाडी करिब २५ मिटर तल खसेको छ । गाडीको ब्रेक फेल भएको दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

error: Content is protected !!