११ आश्विन २०८३, आइतबार
27-09-2026 , Sun
×

नेपाल प्रहरीको एसएसपी बढुवामा राजनीतिक हस्तक्षेप हुदा ५ महिना देखि बढुवा अलपत्र पुर्व एसपी राजेन्द्र रेग्मी

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, पुष २६, २०८१

काठमाडौं । नेपाल प्रहरीको प्रहरी बरिस्ठ उपरीक् बढुवामा चरम राजनीतिक हस्तक्षेप हुदा पाँच महिना देखि बढुवा प्रक्रिया अलपत्र परेको ठिक साचो हो।
प्रहरी बढुवामा गृहमन्त्री र प्रहरी महानिरीक्षक विच नोकझोक भयो भन्ने बिषयमा राष्ट्रिय दैनिक पत्रिका नागरिक दैनिकमा प्रकाशित समाचारले केही कुरा लेख्न मन लाग्यो।
हाल बढुवा सुचिमा रहेकाहरु २०५८/४/१८ गते तत्कालीन गृहमन्त्रालयका प्रहरी शाखाका उपसचिव वा हालका लोक सेबाका माननीय अदक्ष्य माधब रेग्मीको हस्ताक्षर रहेको नियुक्ति पत्र पाएका थिए।
त्यतिबेला क्रमसंख्यामा जो अगाडि थिए।अब्बल,निष्ठावान ,काबिल र प्रजातान्त्रिक चरित्रका थिए।जो तत्कालीन गृह सचिव क्याडेर बेसको समुहबाट लिएको कठोर अन्तरबार्ताबाट छनोैठ भएका थिए।त्यो कुरा लोक सेबा आयोगको माननीय अदक्ष्यको भनाईबाट बुझिन्छ नै
२०६९/११/१३ मा प्रहरी नायब उपरीक्षक पदमा बढुवा हुदा अधिकाश प्रजातान्त्रिक चरित्र भएकाहरु कि रेटिए।कोहि भएपनि अन्तिममा झुन्डिए।
२०७५ सालमा पहिलो लट गर्दै २०७९ सालसम्म पाचौं लटसम्म आउदैगर्दा सम्पूर्ण रुपमा सिद्दए भने बाकी केही बैकल्पिक टोली रहे।
त्यति बेला बढुवामा अन्याय हुदा कोहि नबोल्ने ? अहिले पहिलो दोस्रो लट भनेर किन रटान दिने हो ?
कुनै पनि संगठनको प्रमुख भनेको त्यसमा आबद्ध भएका हरेक सदस्यहरुको अभिभावक हुने हो।त्यसको अर्थ केहो भने उनीहरूको गतिविधि निरन्तर रुपमा नियाल्ने,अगाडि बढन हर हमेशा सहयोग गर्नै,समुहमा रमाउने , समान व्यवहार ,गुटउपगुटलाई तिरस्कार, खराब ब्यक्तिहरु सँग सम्बन्ध बिच्छेद ,राम्रो गर्न लाई प्रेरित गर्नै अनि गलत हुदाँ सुर्धान कोसिस गर्नै र नसुध्रीएको खण्डमा कारबाहीको प्रक्रिया अबलभ्बन गर्नै र अनि सबै भन्दा महत्त्वपूर्ण पक्ष्य भनेको चाहिँ बाहय दबाब , प्रभाव र हस्तक्षेपबाट उनीहरूलाई मुक्त राख्ने हो।
बिगतमा भएका बढुवा प्रक्रियामा भएका कमि कमजोरीहरुलाई सच्चाउदै न्यायो अभिभाबकिय भुमिका प्रदान गर्नु संगठनको प्रमुखको दायित्व हो।
पटक पटक अन्यायमा परेका न्याय दिनु संगठन प्रमुखको धर्म हो।जसले गर्दा संगठन प्रमुखको ब्यक्तितत्ब बिकाशमा अभिबृद्दि हुन्छ।
संगठन प्रमुख भनेको कुशल नितिकार हुनाका साथै सम्वन्यकारी भुमिका निभाउने कुशल योद्धा हो।
सकिन्छ भने जेष्ठता , योग्यता र दक्ष्यता अनुसार बढुवा प्रकिया शुरु गर्नु परयो।होइन भने संगठनको हितको खातिर केही कुरामा राजनैतिक दलहरु सँग सम्झौता गर्नु परयो।
देश अनुसार भेष बदल्न सकिएन भने out of date हुने सम्भावना हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल डाँडानजिक पहिरो खस्दा दाङ-कपिलवस्तु सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस सडक भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं । बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको […]

दाङ । नेकपा (एमाले) दाङले पत्रकार शरदप्रसाद अधिकारी र अनिलकुमार आचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। एमाले दाङका नेता समेत रहेका अधिकारी र आचार्यले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीको नीति तथा निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाइएको हो। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते […]