०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

शनिबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष २७, २०८१

 

मेष : व्यापारमा लाभ हुनेछ। पुरानो लगानीबाट धन प्राप्त हुनेछ। सन्तानले उचित बाटो अंगालेकाले मन शान्त बन्नेछ। दाम्पत्य जीवन सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राज्यका उच्च अधिकारीबाट हौसला मिल्नेछ। परिवारबाट भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सहज बन्ने योग छ।

मिथुन : सोचेको काम नबन्ने जोखिम छ। खर्च बढ्नेछ। अप्रिय कुरा सुनाएमा मनमा पीडाबोध हुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल भए पनि व्यापारमा घाटा हुनेछ। प्राविधिक शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

कर्कट : ११ औं स्थानमा चन्द्रमा पुगेकाले शान्त भएर काम गरेमा दिन सहज बन्नेछ। काम गर्दा धैर्यता आवश्यक हुन्छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

सिंह : दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हु्नेछ। परिवारसँगको घुमघामले खर्च बढ्नेछ। गुरुबाट असहयोग हुने भएकाले मेहनतको आवश्यकता छ। परीक्षामा नतिजा खराब आए पनि धैर्य बन्नुपर्ने समय छ।

कन्या : मुल त्रिकोणमा चन्द्रमा र वृहस्पति पुगेका छन्। आज सुरुवात गरेको शिक्षाले दीर्घकालसम्म फाइदा हुनेछ। स्वास्थ्यले साथ दिने योग छ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। राजनीतिक क्षेत्रमा भने ठगबाट सचेत बन्नुपर्ने समय छ।

तुला : आफ्नो माया गर्नुपर्ने समय आएको छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको श्रमबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिएकाले मन शान्त बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : घरभित्र बस्दा मन शान्त बन्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा परिश्रमको आवश्यकता देखिन्छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

धनु : अप्रिय समाचार सुन्नाले मन अशान्त बन्नेछ। स्वास्थ्यले साथ दिनेछ। राज्यको तर्फबाट तपाईंका कामजोरीको खोजी भइरहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। बिहान गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मकर : दिन सहज छ। सञ्चित धन खर्च भए पनि सम्मान प्राप्त हुनेछ। सहकर्मीसँगको सहकार्यबाट फाइदा हुनेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। परिवारमा सचेत भएर अगाडि बढ्नुपर्नेछ।

कुम्भ : साना कुराले मनमा झन्झट बढ्नेछ। जन्मकुण्डलीमा शनिदेव सकारात्मक भएमा आज तपाईंको काम बन्नेछ। दक्षिणको लामो यात्रा नगर्नु फाइदा हुनेछ। विपक्षी साथीको साथ प्राप्त हुँदा समयको सदुपयोग गर्नु राम्रो हुनेछ।

मीन : सञ्चित धन खर्च हुनेछ। खर्च कटौती गर्ने समय छ। व्यापारमा गरेको लगानी बढ्नेछ। लगानी विस्तार हुँदा मन शान्त बन्नेछ। सहकर्मीले तपाईंको कुरा काट्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ । तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहानको समयमा […]

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

error: Content is protected !!