११ आश्विन २०८३, आइतबार
27-09-2026 , Sun
×

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको क्यालेन्डर तालिम समापन कार्यक्रम सम्पन्न

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, पुष २७, २०८१

 

बुटवल । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको वार्षिक स्वीकृत तालिम क्यालेन्डर अनुसार मिति २०८१।०९।०७ गते देखि संचालित १६ कार्यदिन अवधिको आवासीय टेलिफोन कल बिवरण विश्लेषण (CDR ANALYSIS) तालिम (प्र.ज.देखि जु.प्र.अ.) प्रथम समुह” को मिति २०८१।०९।२६ गते यस केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो ।उक्त कार्यक्रममा प्रमुख अतिथिबाट प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन गर्नुभएको थियो तथा तालिम संयोजक प्रहरी निरीक्षक मीरा खड्काले तालिम सम्बन्धि प्रतिवेदन पेश गर्नुभएको लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल डाँडानजिक पहिरो खस्दा दाङ-कपिलवस्तु सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस सडक भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं । बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको […]

दाङ । नेकपा (एमाले) दाङले पत्रकार शरदप्रसाद अधिकारी र अनिलकुमार आचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। एमाले दाङका नेता समेत रहेका अधिकारी र आचार्यले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीको नीति तथा निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाइएको हो। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते […]