२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

महोत्सवको ब्यानरले भालुवाङ बजार (कुरुप) बन्दै सहिद कृष्णसेन इच्छुकको सालिकको अपमान,

Logo
बिदुर एमसी प्रकाशित शनिबार, पुष २७, २०८१

दाङ । देउखुरी भालुवाङ पुल्चोकस्थित सहिद इच्छुकको शालिक वरिपरि एउटा महोत्सव आयोजकले आफ्नो ठूलो आकारमा बनाइएको ब्यानर शालिक नै कुरुप हुनेगरि घेरेर राखेको छ ।

राप्ती गाउँपालिका- ५ सिसहनियाँ कालापानीमा आयोजना गरिएको पौष २५ गतेदेखि माघ ७ गतेसम्म हुने दोस्रो कृषि तथा व्यापारीक महोत्सवको ब्यानर त्यहाँ टाँगिएको देखिन्छ ।

त्यसरी महोत्सवको ब्यानर टाँगेर ब्यानरले सहिद इच्छुकको घोर अपमान मात्रै गरेको छैन, चोकको शोभा घटाएको स्थानीयहरुको व्यापक गुनासो रहेको छ । महान सांस्कृतिक सहिदको शालिकको यसरी खुलेआम रूपमा घोर अपमान हुँदासम्म पनि सरोकारवालाहरु चुँसम्म नबोल्दा स्थानीय ब्यक्तिहरुको चर्को गुनासो रहेको छ । यता विषयमा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टलाई

मा पटकपटक फोन गर्दा भने उठेन राप्ती गाउँपालिका एक नम्बर वडाध्यक्ष गेमे खड्काले तत्काल प्रहरी प्रशासनसंग सल्लाह गरेर हटाउन लगाउने प्रतिबद्धता दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]