०५ माघ २०८१, शनिबार
18-01-2025 , Sat
×

काठमाडौं जिल्ला प्रहरी परिसरले ७ करोड ८७ लाख ठगीको आरोपमा वडाअध्यक्ष पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, पुष २७, २०८१

 

काठमाडौं । महानगरपालिकाका वडा नम्बर ४ का पूर्ववडा अध्यक्ष मोहन बहादुर विष्ट सात करोड ८७ लाख रुपैयाँ ठगीको आरोपमा पक्राउ परेका छन्।  जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई शनिबार बिहान शंखपार्कबाट पक्राउ गरेको हो।

तारकेश्वर–८ का राजेन्द्र कोइरालाको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। काठमाडौंको धर्मस्थलीस्थित जग्गा बिक्रिका लागि भनेर बिष्टसहितका व्यक्तिले पाँच करोड बैना दिएकोमा पछि पास गर्न भनेर थप एक २ करोड ८७ लाख दिएका थिए। तर, जग्गा विवादित भएको खुलेपछि कोइरालाले  रकम रकम फिर्ता मागेका हुन्। फिर्ता नदिएपछि उनले प्रहरीमा उजुरी दर्ता गरे। प्रहरी स्रोतका अनुसार पटक–पटक उनीहरुबिच छलफल गराएपनि सहमति नभएपछि ठगीसम्बन्धि जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढेको हो।

बिष्ट पक्राउ परेकोमा सो मुद्दामा सुलोचना कँडेल, शान्ति पाठक र रबिन बिष्ट फरार छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बिष्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए।
पक्राउ परेका बिष्ट २०७४ को निर्वाचनमा नेकपा(एमाले)बाट निर्वाचित भएकोमा २०७९ मा भएको निर्वाचनमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उठेका थिए।

वडाअध्यक्ष हुँदा पनि उनी सार्वजनिक जग्गा मिचेकोदेखि सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको विवादमा परेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मर्मत–सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न […]

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ । बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ […]

  कपिलवस्तु । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच पाल्पा जिल्लाको तिनाहु -३ मा अवस्थित लुम्बिनी केवलकार बुटवल हिलमा माघ ४ गते डिआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ । नं. ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पाल र भारतीय समकक्षी सेक्टर हेडक्वाटर एसएसबी लखीमपुर […]

error: Content is protected !!