१२ आश्विन २०८३, सोमबार
28-09-2026 , Mon
×

काठमाडौं जिल्ला प्रहरी परिसरले ७ करोड ८७ लाख ठगीको आरोपमा वडाअध्यक्ष पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, पुष २७, २०८१

 

काठमाडौं । महानगरपालिकाका वडा नम्बर ४ का पूर्ववडा अध्यक्ष मोहन बहादुर विष्ट सात करोड ८७ लाख रुपैयाँ ठगीको आरोपमा पक्राउ परेका छन्।  जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई शनिबार बिहान शंखपार्कबाट पक्राउ गरेको हो।

तारकेश्वर–८ का राजेन्द्र कोइरालाको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। काठमाडौंको धर्मस्थलीस्थित जग्गा बिक्रिका लागि भनेर बिष्टसहितका व्यक्तिले पाँच करोड बैना दिएकोमा पछि पास गर्न भनेर थप एक २ करोड ८७ लाख दिएका थिए। तर, जग्गा विवादित भएको खुलेपछि कोइरालाले  रकम रकम फिर्ता मागेका हुन्। फिर्ता नदिएपछि उनले प्रहरीमा उजुरी दर्ता गरे। प्रहरी स्रोतका अनुसार पटक–पटक उनीहरुबिच छलफल गराएपनि सहमति नभएपछि ठगीसम्बन्धि जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढेको हो।

बिष्ट पक्राउ परेकोमा सो मुद्दामा सुलोचना कँडेल, शान्ति पाठक र रबिन बिष्ट फरार छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बिष्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए।
पक्राउ परेका बिष्ट २०७४ को निर्वाचनमा नेकपा(एमाले)बाट निर्वाचित भएकोमा २०७९ मा भएको निर्वाचनमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उठेका थिए।

वडाअध्यक्ष हुँदा पनि उनी सार्वजनिक जग्गा मिचेकोदेखि सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको विवादमा परेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट पेट्रोल पम्प नजिक बाइक र अटो ठोक्किएका छन्। दुर्घटनामा बाइकमा सवार दुईजना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भालुवाङ स्वास्थ्य चौकी पठाइएको छ। थप विवरण आउन बाँकी छ।

चितवन । नारायणीको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। बगेर आएको घरजत्रो क्रुजसिप नारायणी पुलको गैंडाकोटतर्फको भागमा अड्किएको छ। क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा परेको छ।

पाल्पा । अविरल वर्षासँगै कालीगण्डकी नदीको बहाव बढेपछि पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल क्षेत्र डुबानमा परेको छ । नदीको सतह बढ्दा रानीमहल दरबारसहित आसपासका आधा दर्जन होटल, रिसोर्ट तथा पसल प्रभावित भएका छन् । स्थानीयका अनुसार हरेक वर्ष बाढी र नदी कटानले रानीमहल जोखिममा पर्दै आएको छ । दरबारको जगसमेत नदी कटान र पहिरोका कारण […]