११ आश्विन २०८३, आइतबार
27-09-2026 , Sun
×

नेपाल भारत सिमा सुरक्षा बैठक रुपैडिहामा सम्पन्न,सिमानाकामा तस्करी अपराध रोकथामको जोड ,

Logo
सागर थापा प्रकाशित शनिबार, पुष २७, २०८१

 

बाँके । शनिबार District Magistrate Office Baharaich को आयोजनामा भारतको रुपैडिहा संयुक्त जाँच चौकी स्थित INDO-NEPAL Border Coordination Meeting सम्पन्न भएको छ ।

कार्यक्रममा निकट भबिष्यमा हुन गईरहेको महाकुम्भ मेला र भारतिय गणतन्त्र दिवसको अवशरमा हुने कार्यक्रमको सुरक्षा ब्यवस्था, समन्वय तथा लागू औषध ओसारपसार, मानव बेचबिखन, बन्यजन्तु र बन पैदावर चोरी तस्करी लगायतका सिमा अपराध निराकरण तथा रोकथामका बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

उक्त कार्यक्रममा नेपालको तर्फबाट बाँके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र भारतको तर्फबाट बहराईच जिल्लाको प्रमुख जिल्ला अधिकारी, भन्सार कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख, सडक कार्यालय, यातायात कार्यालय, वन कार्यालयका प्रमुख लगायत अन्य सरकारी कार्यालयका प्रमुख एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा बहराईच जिल्लाको District Magistrate को धन्यवाद मन्तब्य पश्चात मायाको चिनो आदान प्रदान गरि कार्यक्रम समापन गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल डाँडानजिक पहिरो खस्दा दाङ-कपिलवस्तु सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस सडक भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं । बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको […]

दाङ । नेकपा (एमाले) दाङले पत्रकार शरदप्रसाद अधिकारी र अनिलकुमार आचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। एमाले दाङका नेता समेत रहेका अधिकारी र आचार्यले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीको नीति तथा निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाइएको हो। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते […]