२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल भारत सिमा सुरक्षा बैठक रुपैडिहामा सम्पन्न,सिमानाकामा तस्करी अपराध रोकथामको जोड ,

Logo
सागर थापा प्रकाशित शनिबार, पुष २७, २०८१

 

बाँके । शनिबार District Magistrate Office Baharaich को आयोजनामा भारतको रुपैडिहा संयुक्त जाँच चौकी स्थित INDO-NEPAL Border Coordination Meeting सम्पन्न भएको छ ।

कार्यक्रममा निकट भबिष्यमा हुन गईरहेको महाकुम्भ मेला र भारतिय गणतन्त्र दिवसको अवशरमा हुने कार्यक्रमको सुरक्षा ब्यवस्था, समन्वय तथा लागू औषध ओसारपसार, मानव बेचबिखन, बन्यजन्तु र बन पैदावर चोरी तस्करी लगायतका सिमा अपराध निराकरण तथा रोकथामका बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

उक्त कार्यक्रममा नेपालको तर्फबाट बाँके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र भारतको तर्फबाट बहराईच जिल्लाको प्रमुख जिल्ला अधिकारी, भन्सार कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख, सडक कार्यालय, यातायात कार्यालय, वन कार्यालयका प्रमुख लगायत अन्य सरकारी कार्यालयका प्रमुख एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा बहराईच जिल्लाको District Magistrate को धन्यवाद मन्तब्य पश्चात मायाको चिनो आदान प्रदान गरि कार्यक्रम समापन गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!