११ आश्विन २०८३, आइतबार
27-09-2026 , Sun
×

आपराधिक गतिविधिमा साना हतियार पेस्तोलको प्रयोग बढी, प्रहरीको तथ्यांक

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, पुष २८, २०८१

 

महोत्तरी । विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र पाँच थान मात्र ठूला हतियारको प्रयोग भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार चालु आव २०८१/८२ को ६ महिनामा मात्र जिल्लामा भएका विभिन्न आपराधिक घटनामा सात साना हतियार बरामद गरिएका छन भने त्यसमा लाग्ने १९ राउण्ड गोली पनि बरामद गरिएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालयले ती साना हतियारसहित पाँच जनालाई पक्राउ गरी उनीहरुविरुद्ध हातहतियार तथा खरखजना मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयले आव २०८०/८१ मा तीन थान साना हतियार र एक थान भरुवा बन्दुक बरामद गर्नुका साथै नौ राउण्ड गोली बरामद गरेको छ ।

आव २०८०/८१ मा प्रहरीले आठ जनालाई हतियारसहित पक्राउ गरेको थियो । चार जनामाथि हातहतियार तथा खरखजना मुद्दा चलाएको छ । त्यसरी नै जिल्ला प्रहरी कार्यालयले आव २०७९/८० मा पनि एक थान पेस्तोल र चार थान भरुवा बन्दुक बरामद गर्नुका साथै ३७ राउण्ड गोली बरामद गरेको थियो । पाँच जनालाई हातहतियारसहित पक्राउ गरिएकामा तीन जनामाथि हातहतियार तथा खरखजाना मुद्दा चलाएको प्रवक्ता जैसवारले बताए । उनले साना हतियार बोक्न तथा लुकाउन सजिलो हुने भएकाले पछिल्ला दिनमा भइरहेको आपराधिक गतिविधिमा अपराधीले साना हतियारको प्रयोग बढी गर्ने गरेको पाइएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल डाँडानजिक पहिरो खस्दा दाङ-कपिलवस्तु सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस सडक भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं । बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको […]

दाङ । नेकपा (एमाले) दाङले पत्रकार शरदप्रसाद अधिकारी र अनिलकुमार आचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। एमाले दाङका नेता समेत रहेका अधिकारी र आचार्यले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीको नीति तथा निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाइएको हो। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते […]