११ आश्विन २०८३, आइतबार
27-09-2026 , Sun
×

तराईका केही भागमा भने हुस्सु र चिसो धेरै लागेको छ भने बाँकी भूभागमा मौसम सफा

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष २८, २०८१

बिरगंज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ ।  तराईका केही भागमा भने हुस्सु लागेको छ भने बाँकी भूभागमा मौसम सफा रहने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । हिमपात हुने स्थानमा दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले विभागले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल डाँडानजिक पहिरो खस्दा दाङ-कपिलवस्तु सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस सडक भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं । बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको […]

दाङ । नेकपा (एमाले) दाङले पत्रकार शरदप्रसाद अधिकारी र अनिलकुमार आचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। एमाले दाङका नेता समेत रहेका अधिकारी र आचार्यले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीको नीति तथा निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाइएको हो। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते […]