११ आश्विन २०८३, आइतबार
27-09-2026 , Sun
×

महोत्सवको ब्यानरले भालुवाङ बजार (कुरुप) बन्दै दुर्घटनाको उच्च जोखिम, सहिद कृष्णसेन सालिकको अपमान

Logo
बिदुर एमसी प्रकाशित आइतबार, पुष २८, २०८१

महोत्सवको ब्यानरले भालुवाङ बजार (कुरुप) बन्दै दुर्घटनाको उच्च जोखिम, सहिद कृष्णसेन सालिकको अपमान

दाङ । देउखुरी भालुवाङ पुल्चोकस्थित सहिद इच्छुकको शालिक वरिपरि एउटा महोत्सव आयोजकले आफ्नो ठूलो आकारमा बनाइएको ब्यानर शालिक नै कुरुप हुनेगरि घेरेर राखेको छ ।

राप्ती गाउँपालिका- ५ सिसहनियाँ कालापानीमा आयोजना गरिएको पौष २५ गतेदेखि माघ ७ गतेसम्म हुने दोस्रो कृषि तथा व्यापारीक महोत्सवको ब्यानर त्यहाँ टाँगिएको देखिन्छ ।

त्यसरी महोत्सवको ब्यानर टाँगेर ब्यानरले सहिद इच्छुकको घोर अपमान मात्रै गरेको छैन, चोकको शोभा घटाएको दुर्घटनाको पनि उच्च जोखिम देखिएको स्थानीयहरुको व्यापक गुनासो रहेको छ । महान सांस्कृतिक सहिदको शालिकको यसरी खुलेआम रूपमा घोर अपमान हुँदासम्म पनि सरोकारवालाहरु चुँसम्म नबोल्दा स्थानीय ब्यक्तिहरुको चर्को गुनासो रहेको छ । यता विषयमा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टलाई

मा पटकपटक फोन गर्दा भने उठेन राप्ती गाउँपालिका एक नम्बर वडाध्यक्ष गेमे खड्काले तत्काल प्रहरी प्रशासनसंग सल्लाह गरेर हटाउन लगाउने प्रतिबद्धता दिनभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल डाँडानजिक पहिरो खस्दा दाङ-कपिलवस्तु सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस सडक भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं । बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको […]

दाङ । नेकपा (एमाले) दाङले पत्रकार शरदप्रसाद अधिकारी र अनिलकुमार आचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। एमाले दाङका नेता समेत रहेका अधिकारी र आचार्यले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीको नीति तथा निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाइएको हो। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते […]