११ आश्विन २०८३, आइतबार
27-09-2026 , Sun
×

लागूऔषध चरेश २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्राम सहित २ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, पुष २८, २०८१

 

हेटौडा । मकवानपुर थाहा न.पा.वडा नं. ११ टिस्टुङ नौखण्डे स्थित त्रिभुवन राजपथ सडकखण्डबाट हेटौडा हुदै भारत तर्फ लागु औषध ओसार पोसार भईरहेको छ भन्ने प्राप्त बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा सवारी साधनहरु रोक्ने क्रममा DL 8CX 1224 नम्बरको कारलाई चेकजाँच गर्दा चालक देश भारत, राज्य हरियाणा, जिल्ला हिसार, ग्राम पंचायत गोबिन्द नगर थाना सदर घर हुने वर्ष २५ को कुनाल गोथ्वाल र ऐ.ऐ. न्यु सुवास नगर थाना सदर घर हुने अं. वर्ष २० को मनिस कुमारलाई शंका लागी रितपुर्वक खानतलासी गर्दा निजहरुले कार भित्र लुकाई छिपाई गरी ल्याईएको अवस्थामा लागु औषध चरेश २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्राम फेला परेको हुंदा उक्त लागु औषध, कार बरामद गरी निजहरु कुनाल गोथ्वाल र मनिस कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल डाँडानजिक पहिरो खस्दा दाङ-कपिलवस्तु सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस सडक भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं । बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको […]

दाङ । नेकपा (एमाले) दाङले पत्रकार शरदप्रसाद अधिकारी र अनिलकुमार आचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। एमाले दाङका नेता समेत रहेका अधिकारी र आचार्यले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीको नीति तथा निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाइएको हो। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते […]