०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

रवि लामिछानेलाई अदालतले काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा राख्न आदेश

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, पुष २८, २०८१

 

काठमाडौं । जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा पठाउने आदेश गरेपछि उनलाई अदालतले प्रहरीको जिम्मा लगाएको हो ।

उनलाई काठमाडौं प्रहरी परिसरको भद्रकालीस्थित हिरासत कक्षमा राखिने छ । प्रहरीका अनुसार त्यसअघि रविको स्वास्थ्य परीक्षण गरिनेछ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा जिल्ला अदालतमा उपस्थित भएका पूर्व गृहमन्त्री लामिछानेको मुद्दामा आज थुनछेक बहस नसकिएकाले जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासत अर्थात् प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।

आज बिहानै अदालतमा उपस्थित भएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो । सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन गर्न नभ्याएकाले आज बहस गर्न नसक्ने बताएपछि इजलासले रविलाई परिवारको साटो प्रहरीको जिम्मा लगाएको हो । प्रहरीले लामिछानेलाई भोलि अदालतमा उपस्थित गराउनेछ । अदालतले प्रहरीलाई लेखेको पत्रमा समय अभावले थुनछेकलगायतको काम नभ्याइएकाले सोमबार बिहान १० बजे बिहान उपस्थित गराउने गरी फिर्ता पठाइएको उल्लेख छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा गएको बिहीवार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने अस्ति शुक्रवार काठमाण्डौ आएर आज जिल्ला अदालतमा उपस्थित भएका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारी, चितवनमा सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगीको आरोप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

error: Content is protected !!