०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

जेष्ठ नागरिकलाई कम्बल, खेलाडीलाई खेल सामाग्री वितरण

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष २८, २०८१

कपिलवस्तु । विजयनगर गाउँपालिको वार्ड ३ को वृद्धहरूलाई कम्बल र खेलाडी लाई खेल सामाग्री उपहार दिएर सम्मान गरिएको छ । अहिलेका पुस्ताले वृद्ध नागरिकहरूलाई खासै वास्ता नगर्ने र बाबुआमालाई समेत बृद्धाश्रममा लैजान पछि नपर्ने प्रवृत्ति बढेका कारण युवा पुस्तामा ज्येष्ठ नागरिकप्रतिको श्रद्धाभाव प्रकट गर्न वडाले कम्बल उपहार वितरण गरेको हो।
विजयनगर ३ का वडाध्यक्ष हिर्दय बिकास चौधरीले ८० वर्ष पुगेका र पुग्न लागेका ७५ जना ज्येष्ठ नागरिकहरूलाई उपहार वितरण गरिएको बताउनुभयो । ज्येष्ठ नागरिकहरूलाई अपमान होइन सम्मान गनुपर्छ भन्ने सन्देश सहित उपहार तथा सम्मान दिएको उल्लेख गर्नुभयो ।
हरेक ज्येष्ठ नागरिक समाज र देशका सम्पत्ति तथा ज्युँदा इतिहास भएकोले उनीहरूको सम्मान तथा मायामा कसैले पनि कमी गर्न नहुने भनाइ छ। वडामा आफैँले दिएको मतबाट निर्वाचित जनप्रतिनिधिले कम्मल सम्मान दिँदा ज्येष्ठ नागरिकहरू खुसी भएका छन् ।
हरेक वर्ष बढी उमेरका वृद्धबाट क्रमशः कम उमेरका वृद्धहरूलाई सम्मानित गर्दै जाने योजना रहेको वडाध्यक्ष चौधरीले बताए। आफुहरुले ज्येष्ठ नागरिकलाई सम्मान गरेर देखाउँदा बाबुआमा तथा वृद्ध नागरिकलाई देखेर हेला र घृणा गर्नेहरूको मन परिवर्तन हुन सक्ने उनको भनाइ छ।

त्यसैगरी विजयनगरमा हुन गइरहेको अध्यक्ष कपको तयारीमा रहेको खेलाडी टोलीलाई खेल सामाग्री प्रदान गरिएको छ । विजयनगर–३ का वडाअध्यक्ष चौधरीले खेलाडीलाई प्रतियोगिताको लागि आवश्यक टिसर्ट,फुटबल, भलिबल, क्रिकेट ब्याट,बल ,ब्याटिङ ग्लब्स, किपिङ ग्लब्स, फुटबल नेट, भलिबल नेट, क्रिकेट म्याट लगायतका खेलमा आवद्ध खेलाडीलाई खेलकुद वितरण गरेका हुन् ।
उनले वडाको विकाससँगै खेलकुदको विकासमा पनि वडा उत्तिकै जिम्मेवार रहेको जानकारी दिँदै प्रतियोगितामा खेलाडीलाई आवश्यक परेको खण्डमा थप सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । विभिन्न खेलमा आवद्ध खेलाडीको आत्मबल बढाउन खेलकुद सामग्री वितरण गरिएको चौधरीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा बिहिवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मेस,व्यारेक, विभिन्न शाखाहरु, मेट्रो ट्राफिक एफ.एम.को कार्यालय परिसर तथा अन्य भैतिक पुर्वाधारको निरीक्षण पश्चात काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक […]

नेसपा नयाँ शक्तिको मत गणना जारी अध्यक्ष पदमा भट्टराई र चापागाईंबीच प्रतिस्पर्धा काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा खसेको मत गणना जारी छ माघ २९ गते राति मतगणना सकिएको थियो। बुधबारदेखि मतगणना सुरू भए पनि अहिलेसम्म सकिएको छैन। पहिले केन्द्रीय सदस्यहरू र त्यसपछि पदाधिकारीका लागि खसेको मतगणना गरिएको हो। अध्यक्ष पदमा […]

  काठमाडौं । प्रहरी स्रोतका अनुसार आईजीपी कुँवरले अवकाश अघि नै बिदामा बस्ने इच्छा देखाएका छन्। उनी सम्भव भए एक महिनाअघि नै बिदा बस्न चाहन्छन्। तर, उनले बिदा पाउने सम्भावना न्यून छ। यदि उनले बिदा लिन चाहेमा सरकारले एक महिनाअघि नै कामु आईजीपी चयन गर्नुपर्ने हुन्छ।प्रहरी नियमअनुसार आईजीपीकै ब्याचका अधिकारीलाई निमित्त दिएर आईजीपीलाई बिदामा पठाउने सम्भावना कम देखिन्छ। ५ चैतमा को बन्नेछन् नेपाल […]

error: Content is protected !!