२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

जेष्ठ नागरिकलाई कम्बल, खेलाडीलाई खेल सामाग्री वितरण

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष २८, २०८१

कपिलवस्तु । विजयनगर गाउँपालिको वार्ड ३ को वृद्धहरूलाई कम्बल र खेलाडी लाई खेल सामाग्री उपहार दिएर सम्मान गरिएको छ । अहिलेका पुस्ताले वृद्ध नागरिकहरूलाई खासै वास्ता नगर्ने र बाबुआमालाई समेत बृद्धाश्रममा लैजान पछि नपर्ने प्रवृत्ति बढेका कारण युवा पुस्तामा ज्येष्ठ नागरिकप्रतिको श्रद्धाभाव प्रकट गर्न वडाले कम्बल उपहार वितरण गरेको हो।
विजयनगर ३ का वडाध्यक्ष हिर्दय बिकास चौधरीले ८० वर्ष पुगेका र पुग्न लागेका ७५ जना ज्येष्ठ नागरिकहरूलाई उपहार वितरण गरिएको बताउनुभयो । ज्येष्ठ नागरिकहरूलाई अपमान होइन सम्मान गनुपर्छ भन्ने सन्देश सहित उपहार तथा सम्मान दिएको उल्लेख गर्नुभयो ।
हरेक ज्येष्ठ नागरिक समाज र देशका सम्पत्ति तथा ज्युँदा इतिहास भएकोले उनीहरूको सम्मान तथा मायामा कसैले पनि कमी गर्न नहुने भनाइ छ। वडामा आफैँले दिएको मतबाट निर्वाचित जनप्रतिनिधिले कम्मल सम्मान दिँदा ज्येष्ठ नागरिकहरू खुसी भएका छन् ।
हरेक वर्ष बढी उमेरका वृद्धबाट क्रमशः कम उमेरका वृद्धहरूलाई सम्मानित गर्दै जाने योजना रहेको वडाध्यक्ष चौधरीले बताए। आफुहरुले ज्येष्ठ नागरिकलाई सम्मान गरेर देखाउँदा बाबुआमा तथा वृद्ध नागरिकलाई देखेर हेला र घृणा गर्नेहरूको मन परिवर्तन हुन सक्ने उनको भनाइ छ।

त्यसैगरी विजयनगरमा हुन गइरहेको अध्यक्ष कपको तयारीमा रहेको खेलाडी टोलीलाई खेल सामाग्री प्रदान गरिएको छ । विजयनगर–३ का वडाअध्यक्ष चौधरीले खेलाडीलाई प्रतियोगिताको लागि आवश्यक टिसर्ट,फुटबल, भलिबल, क्रिकेट ब्याट,बल ,ब्याटिङ ग्लब्स, किपिङ ग्लब्स, फुटबल नेट, भलिबल नेट, क्रिकेट म्याट लगायतका खेलमा आवद्ध खेलाडीलाई खेलकुद वितरण गरेका हुन् ।
उनले वडाको विकाससँगै खेलकुदको विकासमा पनि वडा उत्तिकै जिम्मेवार रहेको जानकारी दिँदै प्रतियोगितामा खेलाडीलाई आवश्यक परेको खण्डमा थप सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । विभिन्न खेलमा आवद्ध खेलाडीको आत्मबल बढाउन खेलकुद सामग्री वितरण गरिएको चौधरीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]