११ आश्विन २०८३, आइतबार
27-09-2026 , Sun
×

(रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखियो

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष २९, २०८१

काठमाडौँ । जिल्ला अदालतमा आज (सोमबार) पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएन । बहस नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतमा आज पीडित र सरकारी वकिलको बहस सकिएको छ । अब पर्सी मात्रै बहस हुने भएको छ ।

भोलि मंगलबार माघे संक्रान्तिको सार्वजनिक बिदा भएकाले पर्सि मात्र बहस हुने भएको हो।यसैबीच रवि पक्षका वकिलले आज बहस नभएपछि हिजोको जस्तो आदेश गर्न नहुने माग गरेका छन् । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस लम्बिए पनि हिजोको जस्तो आदेश हुन नहुने माग गरेका हुन् । उनले भने ‘बहस जति लम्बिए पनि लम्बयोस्, आपत्ति भएन तर हिजोको जस्तो आदेश गर्न भएन श्रीमान ।’

उनले कानूनी प्रक्रियामै गडबडी गरिएको बताएका छन् । उनले भने, ‘कास्कीको आदेशपछि प्रहरीले पक्रेर काठमाडौँ प्रहरीलाई बुझाउनु पर्ने थियो । यहाँ कानुनी प्रक्रियामै गडबडी गरिएको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई आफै उपस्थित हुने छुट दिनु नै गलत थियो ।’ न्यायाधीश माधव अधिकारीको इजलासमा बहस जारी छ । अब केहीबेरमै रविलाई पुनः न्यायिक हिरासतमा पठाउने वा परिवारको जिम्मा लगाउने भन्नेबारे न्यायाधीशको आदेश आउनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल डाँडानजिक पहिरो खस्दा दाङ-कपिलवस्तु सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस सडक भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं । बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको […]

दाङ । नेकपा (एमाले) दाङले पत्रकार शरदप्रसाद अधिकारी र अनिलकुमार आचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। एमाले दाङका नेता समेत रहेका अधिकारी र आचार्यले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीको नीति तथा निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाइएको हो। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते […]