२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

इन्स्पेक्टर माझीको सक्रियतामा सडक दुर्घटना न्यूनिकरण चालकहरुको प्रतिबद्धता सहितको हस्ताक्षर,

Logo
सागर थापा प्रकाशित सोमबार, पुष २९, २०८१

दाङ । भालुवाङ ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको आयोजनामा सवारी चालक दुर्घटना न्यूनिकरणमा मेरो जिम्मेवारी “,
“हाम्रो सडक मेरो सवारी ,ट्राफिक नियम पालना मेरो जिम्मेवारी ” र ” म सवार यात्री , दुर्घटना न्यूनिकरण मेरो जिम्मेवारी ” भन्ने मुल नाराका साथ दुर्घटना न्यूनीकरण गर्न निरंतरता

ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझी ज्यूबाट स्थानिय जन-प्रतिनीधि,संघ-संस्थाहरुका प्रमुख तथा प्रतिनिधीहरु,समाजसेवी बुद्बी-जिवीहरु,सवारी चालकहरु, सडक प्रयोगकर्ताहरु स्थानिय व्यवसायीहरु समेतको सहभागितामा

जिल्ला दाङ राप्ती गाउँपालिका वडा नं.१ भालुवाङ पुलचोक र ऐ.२ लालमटिया चोक लगाएतका स्थानहरुमा सवारी दुर्घटना न्यूनिकरणको लागि प्रतिबद्धता सहितको हस्ताक्षर कार्यक्रम संचालन गरी कुल ५०९ जना सवारी चालकहरुको हस्ताक्षर संकलन गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङ्ले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]