२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

भारतका बलिउड स्टार सैफ अली खान खतरा मुक्त,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, माघ ०४, २०८१

 

काठमाडौं । बलिउड स्टार सैफ अली खानको स्वास्थ्य अवस्थामा सुधार आएको छ । उनी हिंड्न सक्ने भएका छन् । मुम्बईस्थित लीलावती अस्पतालका चिकित्सकले अभिनेता खानको स्वास्थ्य अपडेट सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।

बिहीबार राति एक व्यक्ति सैफको घरमा प्रवेश गरेर उनीमाथि चक्कु आक्रमण गरेका थिए । घाइते भएका सैफलाई मुम्बईको लीलावती अस्पताल लगिएको थियो । अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो ।

सैफको उपचार गर्ने चिकित्सकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सैफ अली खानको अवस्था स्थिर छ । अवस्था सुधारोन्मुख छ । उहाँलाई राम्रो भइरहेको छ । आईसीयूबाट क्याबिनमा सारिएको छ । आगन्तुकलाई भेट्न प्रतिबन्ध लगाइएको छ ।’

सैफ अहिले हिंड्डुल गर्न सक्ने भएको अस्पतालले जनाएको छ । संक्रमण हुन नदिन आगन्तुकलाई रोक लगाइएको छ । सैफको मेरुदण्डमा चोट लागेकाले संक्रमणको जोखिमबाट जोगिनुपर्ने चिकित्सकले बताएका छन् ।

लीलावती अस्पतालका सीईओ नीरज उत्तममणिले भने, ‘सैफलाई सुरुमा उपचार गर्ने पहिलो डाक्टर म हुँ । अहिले उनको अवस्था राम्रो छ । हामीले उनलाई आईसीयूबाट विशेष क्याबिनमा सारेका छौं ।’

रिपोर्टअनुसार सैफको शरीरमा प्रवेश गरेको हेक्सा ब्लेडको धारिलो भाग बिहीबार अस्पतालले शल्यक्रियाका क्रममा निकालेको थियो ।

प्रहरीले हेक्सा ब्लेडको सानो टुक्रा बरामद गरेको छ । मुम्बईको बान्द्रा प्रहरीले खानको घर तोडफोड गरेको आरोपमा शुक्रबार एकजना संदिग्धलाई पक्राउ गरेको छ ।

यस मामिलामा बिहीबार एक संदिग्धको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको थियो । उनी बिहान साढे २ बजे सैफको घरमा देखिएका थिए । यसपछि अर्को सीसीटीभी फुटेज सार्वजनिक भयो, जसमा बान्द्रा रेलवे स्टेसन नजिकै एक संदिग्ध देखिएका छन् । संदिग्ध व्यक्ति एउटै हो कि होइन भन्ने अझै प्रष्ट भएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]