३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

कोहलपुरमा अनिश्चितकालीन कर्फ्यु जारी कहाँ देखि कहाँ सम्म

Logo
प्रकाशित आइतबार, मंसिर २२, २०७६

महेन्द्र सिंह
बाँके मंसिर २२ कोहलपुर एक स्कुले बालिकालाई ट्रकले किचेर गम्भीर घाइते बनाएपछि उत्पन्न तनावले उग्ररूप लिएपछि कोहलपुर क्षेत्रमा प्रशासनले कर्फ्यु लगाएको छ। ना. २ ख ९४५९ नम्बरको ट्रकले भे. ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी थिइन्।  घटनालाई लिएर भएको प्रदर्शनले हिंसात्मकरूप लिएपछि आइतबार दिउँसो ३ बजेदेखि प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको हो।
बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र उपाध्यायका अनुसार दक्षिणतर्फ नेपालगन्ज–कोहलपुर सडक खण्डको पिपरी चोक, उत्तरमा नौबस्ता चोक, पूर्वमा रोहिणी खोला र पश्चिममा किरणखोलासम्म कर्फ्यु जारी गरिएको हो। कोहलपुरको त्रिभुवन उच्च मा. वि. नजिकै दुर्घटना भएपछि ट्रक जलाइएको थियो।
 आक्रोशित विद्यार्थीले नेपालगञ्ज–कोहलपुर सडकमा कैयौँ गाडीमा तोडफोड गरेका छन्। तनाव बढेपछि प्रहरीले विद्यार्थीमाथि लाठी चार्ज गरेको छ। प्रहरी र विद्यार्थीको झडपका क्रममा डिएसपीसहित २४ जना घाइते भएका छन्। तीनजनाको अवस्था गम्भीर छ।
ट्रकले दुइटै खुट्टा किचिएकी बालिकालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बिएन्डबी अस्पताल ललितपुर लगेको छ। त्रिभुवन माविदेखि सुरु भएको तनाव कोहलपुर बजार चोकसम्म नै पुगिसकेको छ। प्रहरीमाथि स्थानीय बासिन्दा, अभिभावक र विद्यार्थीले ढुंगा हानेका छन्। भीड तितरबितर पार्न प्रहरीले हवाई फायर गरेको छ। ठूलो भीड खन्निएपछि प्रहरी इलाका प्रहरी कार्यालय क्षेत्रमा सीमित भएको थियो। झडपपछि सडक यातायात ठप्प छ। तनाव बढेपछि बिहानैदेखि कोहलपुर बजार बन्द गरिएको छ भने नेपालगन्जबाट प्रहरीको थप बल मगाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!