२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

कोहलपुरमा अनिश्चितकालीन कर्फ्यु जारी कहाँ देखि कहाँ सम्म

Logo
प्रकाशित आइतबार, मंसिर २२, २०७६

महेन्द्र सिंह
बाँके मंसिर २२ कोहलपुर एक स्कुले बालिकालाई ट्रकले किचेर गम्भीर घाइते बनाएपछि उत्पन्न तनावले उग्ररूप लिएपछि कोहलपुर क्षेत्रमा प्रशासनले कर्फ्यु लगाएको छ। ना. २ ख ९४५९ नम्बरको ट्रकले भे. ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी थिइन्।  घटनालाई लिएर भएको प्रदर्शनले हिंसात्मकरूप लिएपछि आइतबार दिउँसो ३ बजेदेखि प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको हो।
बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र उपाध्यायका अनुसार दक्षिणतर्फ नेपालगन्ज–कोहलपुर सडक खण्डको पिपरी चोक, उत्तरमा नौबस्ता चोक, पूर्वमा रोहिणी खोला र पश्चिममा किरणखोलासम्म कर्फ्यु जारी गरिएको हो। कोहलपुरको त्रिभुवन उच्च मा. वि. नजिकै दुर्घटना भएपछि ट्रक जलाइएको थियो।
 आक्रोशित विद्यार्थीले नेपालगञ्ज–कोहलपुर सडकमा कैयौँ गाडीमा तोडफोड गरेका छन्। तनाव बढेपछि प्रहरीले विद्यार्थीमाथि लाठी चार्ज गरेको छ। प्रहरी र विद्यार्थीको झडपका क्रममा डिएसपीसहित २४ जना घाइते भएका छन्। तीनजनाको अवस्था गम्भीर छ।
ट्रकले दुइटै खुट्टा किचिएकी बालिकालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बिएन्डबी अस्पताल ललितपुर लगेको छ। त्रिभुवन माविदेखि सुरु भएको तनाव कोहलपुर बजार चोकसम्म नै पुगिसकेको छ। प्रहरीमाथि स्थानीय बासिन्दा, अभिभावक र विद्यार्थीले ढुंगा हानेका छन्। भीड तितरबितर पार्न प्रहरीले हवाई फायर गरेको छ। ठूलो भीड खन्निएपछि प्रहरी इलाका प्रहरी कार्यालय क्षेत्रमा सीमित भएको थियो। झडपपछि सडक यातायात ठप्प छ। तनाव बढेपछि बिहानैदेखि कोहलपुर बजार बन्द गरिएको छ भने नेपालगन्जबाट प्रहरीको थप बल मगाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]