२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

शनिबार तपाईंहरुको राशिफल,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, माघ ०५, २०८१

मेष राशि – आफ्नो क्षमतामा निखार आउनेछ ।कार्य सफल होला ।आज दिन मध्यम फलदायि रहनेछ। धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।बोल्दा ख्याल गर्नूहोला बादबिवादमा पर्न सकिनेछ ।

बृष राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । अनावश्यक धन खर्च होला ।जीवन साथि वा प्रेमिसंग वादविवाद बढ्न सक्छ ।काम गर्दा धैर्य भएर अगाडि वढ्नु उचित् हुनेछ ।

मिथुन राशि – आज नयाँ कार्यका योजनाहरु बन्नेछन् । आफन्त रसाथीभाईको सहयोग प्राप्त होला ।आटेका कार्यहरु पुरा हुनेछन् ।मान सम्मान बृद्दि होला । आर्थिक पक्ष बलियो हुनेछ ।पारिवारिक सद्भाव वढ्नेछ ।

कर्कट राशि – आफ्नो ईच्छाअनुरुप समय व्यतित हुनेछ ।आज कुनैपनि कुराले मनमा शान्ति छाउला ।सोचेअनुरप कार्य अगाडि वढ्नाले मनमा हर्ष छाउँला | साहित्य एवं कलामा मन जानेछ ।पारिवारीक जमघटले मनमा आनन्द छाउला ।शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह राशि – आध्यात्ममा मन जाला ।प्रेमसम्बन्धमा मिठास छाउला ।सोचेअनुरुप कार्यहरु बन्नाले मनमा हर्ष छाउला । प्रेम वा विवाहको प्रस्ताव आउन सक्नेछ।

कन्या राशि- रोकिएका कार्यहरु पूनः सुचारु हुनेछन् ।मनमा हर्ष छाउला । व्यक्तिगत् कार्यले तिब्रता पाउनेछ ।महत्वपूर्ण कार्यको थालनि हुनेछ ।रोजगारका अवसर मिल्नेछन् ।सामाजिक दायित्व निर्वाहमा वाधा छाउला ।

तुला राशि – सामाजीक कार्यमा सरिक भैएला ।बौद्दिक विकाश हुनेछ ।पारिवारीक सुख प्राप्त हुनेछ।मनमा उत्साह एवं बाणिको प्रभाव वढ्ने समय रहेको छ ।आज जोस जाँगर र हिम्मत बढ्नेछ ।गरेका कार्यहरुमा सफलता मिल्ला । सोचेअरुप कार्यले तिब्रता पाउनेछ ।नयाँ जिम्वेवारी प्राप्त हुन सक्छ ।

बृश्चिक राशि – पूनर्मिलनको योग रहेको छ ।आटेका कार्यहरु सफल हुनेछन् । प्रेम सम्वन्धमा सुधार हुनेछ ।आर्थिक उन्नति वढनेछ ।आफन्तजन संगको भेटघाटले परीवारिक सुमधुरता कायम हुनेछ ।

धनु राशि – आय आर्जनको श्रोतहरु बढ्नेछन् ।मान सम्मान वढ्नेछ ।महत्वूर्ण कार्यमा केही ढिला सुस्ति हुन सक्छ ।आर्थिक समस्या आउन सक्छ।व्यवसायिक सफलता भने मिल्नेछ ।अग्रजको सल्लाहमा अगाडि बढ्दा शुभ हुनेछ ।

मकर राशि – समयमा कार्य सम्पादन नहुदा मनमा चिन्ता वढ्ला ।पारिवारीक सुख एवं शान्ति प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।शुभ समाचार सुन्न पाईएला ।आयआर्जनका स्रोतहरु बढ्नेछन् । राजनितिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।स्वास्थ्यमा भने ख्याल गर्नु पर्नेछ ।

कुम्भ राशि – जोशजाँगर र हिमत बढ्नेछ । धर्मकर्म तथा सामाजीक कार्यमा मन जानेछ ।दैनिक कार्यमा प्रगति हुनेछ ।आज धैर्य एवं लगनशीलताले अवसरहरु प्रदान गर्नेछ।नयाँ अवसरहर प्राप्त हुनेछन् ।पारिवारीक सद्भाव मिल्नेछ ।

मिन राशि – नोकरी वा पेशामा दवाव हुनेछ ।अतिरिक्त जिम्मेवारीले वाधा भएको महशुस होला ।धैर्यताले कार्य गर्दा उचित् होला ।प्रेमीको सहयोग प्राप्त हुनेछ ।मिष्ठान्न भोजन प्राप्त होला ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]