०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

दाङको तुलसीपुर उपमहानगरपालिका भित्र छाडा पशु-चौपाया व्यवस्थापनमा असफल,

Logo
रिता केसी प्रकाशित शनिबार, माघ ०५, २०८१

दाङ । तुलसीपुरमा छाडा पशु व्यवस्थापन चुनौती बनेको छ। छाडा पशु चौपायाका कारण सवारी दुर्घटनाको जोखिम मात्र होइन किसानहरूको बाली समेत नोक्सान गरेका छन्।

यसको व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले आदियोगी आदित्यनाथ र तुलसी गौशाला निर्माण गर्दा पनि व्यवस्थापन गर्न नसक्दा त्यहाँको अवस्था जीर्ण रहेको छ। उपमहानगरपालिकाले गाई गोरु व्यवस्था सम्बन्धी ठोस निर्णय कानुन निर्माण तथा पालेको पशु चौपाया छोड्नेलाई कारबाही नगर्दा छाडा पशु व्यवस्थापन चुनौती बन्दै गएको छ। छाडा पशु चौपायाका कारण कृषक, यातायात ,व्यवसायी पनि समस्यामा परेका छन्।

छाडा पशु चौपायाका कारण किसानहरूले लगाएको बालीमा समेत क्षति पुगेपछि उपमहानगरपालिकामा व्यवस्थापनका लागि पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको स्थानीय यम केसी ले बताएका छन्। त्यस्तै घोराही सडक खण्ड अवस्थित बस चालक गाडी आफ्नै गतिमा चलिरहेको बेला गाईगाेरु सडकमा आइदिँदा दुर्घटनाको जोखिम बढ्ने र रकम समेत तिराउने गरेको बिनाेद िब क ले बताएका छन्।
त्यस्तै अटो चालक सुशील खत्रीले गाईगाेरु सडकमा आइदिँदा दुर्घटना भइराखेकाले ठूलो समस्या रहेको बताएका छन्। त्यस्तै पशु चौपाएकै कारणले दुर्घटना भइरहेको स्थानीय व्यवसायी अर्बिन्द गुप्ताले बताएका छन्। त्यस्तै तुलसीपुरमा अवस्थित आदियोगी आदित्यनाथ गौशालाका अध्यक्ष भरतनाथ योगीले गाई व्यवस्थापनमा सरकारले सहयोग नगरेका कारणले छाडा गाईगाेरु थप गर्न नसक्ने बताउनुभयो।

त्यहाँ सरकारले गाईहरू व्यवस्थापन उपयुक्त ढङ्गले गर्न नसक्दा कति गाई गोरुहरूको मृत्यु भयो भने कुनै हिसाब छैन । गौशाला पुग्दा मरेका गाईगाेरुहरूले वरपर दुर्गन्ध फैलिएको छ। त्यस्तै तुलसी गौशालाका व्यवस्थापक सागर रेग्मीले
गौशालामा ठाउँ नभएकाले अन्य गाईगोरुहरू थप गर्न नसकिने अवस्था आएको बताउनुभयो। त्यस्तै सडकमा छाडा पशु चौपाया व्यवस्थापनमा चुनौती भएतापनि यसको व्यवस्थापन गर्ने जिम्मा सडक डिभिजन कार्यालयको नभएको सडक डिभिजन कार्यालयका प्रमुख दिपेन्द्र बहादुर बिष्टले बताउनुभयो।

यता तुलसीपुर उपमहानगरपालिकाका पशुसेवा शाखा प्रमुख मनोज ओलीले पशु व्यवस्थापन गर्नु आफ्नो जिम्मेवारी नभएको बताउनुभयो। फाेहाेरमैला व्यवस्थापन शाखा प्रमुख रेवा राउतका अनुसार गौशालाका अध्यक्षले गाईगाेरु राख्न अस्वीकार गरेपछि नगरपालिकाले केही गर्न नसक्ने र गाई व्यवस्थापनका लागि कुनै नीति नियम नभएको बताउनुभयो ।

नेपालको कानुनमा भने गाई गोरुहरूलाई मार्न नहुने व्यवस्था गरिएको छ। मुलुकी अपराध समिता ऐन २०७४ परिच्छेद २७ को उपदफा १ मा पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने उल्लेख गरिएको छ। यदि कसैले त्यस्तो कार्य गरेमा कसुरदारलाई तीन महिनासम्म कैद र पाँच हजारसम्म जरिमाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ। यसको व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले छाडा पशु व्यवस्थापन सम्बन्धी ठोस नीति नियम बनाउनु पर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा बिहिवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मेस,व्यारेक, विभिन्न शाखाहरु, मेट्रो ट्राफिक एफ.एम.को कार्यालय परिसर तथा अन्य भैतिक पुर्वाधारको निरीक्षण पश्चात काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक […]

नेसपा नयाँ शक्तिको मत गणना जारी अध्यक्ष पदमा भट्टराई र चापागाईंबीच प्रतिस्पर्धा काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा खसेको मत गणना जारी छ माघ २९ गते राति मतगणना सकिएको थियो। बुधबारदेखि मतगणना सुरू भए पनि अहिलेसम्म सकिएको छैन। पहिले केन्द्रीय सदस्यहरू र त्यसपछि पदाधिकारीका लागि खसेको मतगणना गरिएको हो। अध्यक्ष पदमा […]

  काठमाडौं । प्रहरी स्रोतका अनुसार आईजीपी कुँवरले अवकाश अघि नै बिदामा बस्ने इच्छा देखाएका छन्। उनी सम्भव भए एक महिनाअघि नै बिदा बस्न चाहन्छन्। तर, उनले बिदा पाउने सम्भावना न्यून छ। यदि उनले बिदा लिन चाहेमा सरकारले एक महिनाअघि नै कामु आईजीपी चयन गर्नुपर्ने हुन्छ।प्रहरी नियमअनुसार आईजीपीकै ब्याचका अधिकारीलाई निमित्त दिएर आईजीपीलाई बिदामा पठाउने सम्भावना कम देखिन्छ। ५ चैतमा को बन्नेछन् नेपाल […]

error: Content is protected !!