०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

सर्वोच्च अदालतका दुई न्यायाधीशको हत्या

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, माघ ०५, २०८१

इरान । तीन जना न्यायाधीशलाई लक्षित गरी तेहराइनमा सशस्त्र आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।स्थानीय समय अनुसार बिहान १० बजेर ४५ मिनेटमा आक्रमण भएको हो ।

न्यायाधीश मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रेजिनीसहित दुई न्यायाधीशको मृत्यु भएको छ भने तेस्रो न्यायाधीश घाइते भएका छन् र उनको उपचार भइरहेको छ ।आक्रमणकारीले न्यायाधीशलाई गोली हानेपछि आत्महत्या गरेको बताइएको छ । अधिकारीहरूले आक्रमणको पछाडिको उद्देश्यको बारेमा थप विवरणहरू जारी गर्न बाँकी रहेको छ।

रेजिनीको सन् १९९८ मा पनि हत्याको प्रयास भएको थियो । हमलाकारीले उनको गाडीमा चुम्बकीय बम जोड्दा सो आक्रमणमा उनी घाइते भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कैलाली । भारतीय गाडी समातेपछि भन्सार अधिकृतले सशस्त्र एसपीलाई थर्काए, नछाडे गृहमन्त्रीलाई फोन गर्ने चेतावनी भन्सार पास भएको भनिएको भारतीय गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि कञ्चनपुर भन्सार कार्यालयका अधिकृतले कैलालीका सशस्त्र प्रहरी प्रमुखलाई थर्काएका छन्। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टले फोन गरेर सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी […]

दाङ । घोराही प्राकृतिक विपत्तिको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घोराही बनाऔँ अभियानले घोराही उपमहानगरपालिकाका नदी तथा खोलाको आसपासमा रहेका जोखिमयुक्त बस्तीमा पुगेर स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा गएको टोलीले विभिन्न जोखिमयुक्त टोल तथा बस्तीमा पुगेर स्थानीयवासीको अवस्था बुझ्नुका साथै सम्भावित विपत्तिबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो। […]

बाँके । नेपालगन्जमा ६० रुपैयाँ भाडाको विषयलाई लिएर रिक्सावालाबीच हानाहान भएको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद हात हालाहालसम्म पुगेको थियो। स्थानीयका अनुसार यस्ता साना विषयमा हुने विवादले सहरको छवि बिगारिरहेको गुनासो गरेका छन ।