२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

आईतबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित आइतबार, माघ ०६, २०८१

 

मेष : खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। निजी शिक्षाको लगानीबाट मन शान्त बन्नेछ। बौद्धिक व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ।शत्रुहरु हावि हुनेछन् ।

वृष : दिन सामान्य छ। साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। सानो गल्तीले मिल्ने साथी टाढिने जोखिम छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट भय बढ्ने जोखिम छ। राजनीतिक क्षेत्रमा भय बढ्नेछ।

मिथुन : थोरै बोलेर अगाडि बढ्नुपर्नेछ। धेरै तर्क गर्दा सम्बन्ध बिग्रिने जोखिम छ। इज्जत राख्नकै लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशी लगानी भए मन प्रशन्न हुनेछ।

कर्कट : आत्मविश्वास वढाएर कार्य गर्दा सफलता मिल्नेछ ।धैर्यवान् हुनु पर्नेछ ।स्वास्थ्यमा भने सुधार हुने योग छ। विपक्षीको शब्दजालमा पर्ने जोखिम भएकाले सचेत बन्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

सिंह : महत्काक्षि योजनाहरु बन्नेछन् ।सञ्चित धन खर्च गर्नबाट जोगिनु पर्नेछ। शिक्षाको क्षेत्रमा सफल बन्न मेहनत आवश्यक देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कन्या : धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। चिकित्सकको परामर्शमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ।

तुला : निजी क्षेत्रमा गरेको लगानीले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। खानपानमा भने समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

वृश्चिक आय स्रोत बढ्नेछ ।बन्धुसँगको सहकार्यबाट फाइदा हुनेछ। साना कुरामा अल्झिएमा मन अशान्त बन्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन प्रशन्न बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग रहेको छ।

धनु : धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। राजनीतिक संगठनमा साथ दिनेको संख्या बहुमत रहेको छ। सहयोगीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने योग छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

मकर : शुभ ग्रहको बहुमत भएकाले दाजुभाइको साथ प्राप्त हुनेछ। सञ्चित धन ठगको हातमा पर्ने हुँदा सचेत बन्नुपर्नेछ। गरगहना हराउने जोखिम रहेको छ। स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ।

कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च गर्दा खटपटी बढ्नेछ। वक्र बृहस्पति मनमा भएकाले मन अशान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। संकटमा परिवारको सुझाव अनुसार अगाडि बढ्नु उपयुक्त हुनेछ।

मीन : व्यवसायिक सफलता मिल्ला ।प्रेम सम्बन्ध बिबाहमा परिणत होला आज गरेको लगानीबाट फाइदा हुनेछ। मनमा शान्ति प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको परिवारसँगको सम्बन्ध सुधार हुँदा प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

error: Content is protected !!