०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

अमेरिकाको सर्वोच्च अदालतले टिकटक बन्द गर्ने निर्देशन

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, माघ ०६, २०८१

 

काठमाडौं । गएराति अमेरिकाको सर्वोच्च अदालतले यदि टिकटकले अमेरिकी कम्पनीलाई आफ्नो स्वामित्व नबेचेमा कानूनअनुसार भोलिदेखि प्रतिबन्धमा पर्ने फैसला गरेको हो ।

सर्वोच्च अदालतको फैसलापछि सरकारले अब टिकटकको अमेरिकी संस्करण एप स्टोर र वेब होस्टिङ्ग सेवाबाट हटाउनेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकमाथि प्रतिबन्ध लगाउने कानून बनाएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । मुद्दाको फैसला गर्दै सर्वोच्चले सरकारको कानूनी निर्णय ठिक हो भनेको छ ।

सर्वोच्चको फैसलापछि चिनियाँ कम्पनी टिकटकले यदि अमेरिकी सरकारले कुनै कदम चालेन भने भोलिदेखि अमेरिकामा आफ्नो गतिविधि बन्द गर्ने बताएको छ ।

टिकटकले विज्ञप्ती जारी गरेर भनेको छ, ‘जो बाइडेन, ह्वाइट हाउस र न्याय विभागले हामीलाई स्पष्टता र आश्वासन दिन असफल भएका छन्, यदि अमेरिकी सरकारले बयान जारी गरेर आश्वासन दिँदैन भने, हामी जनवरी १९ मा सबै गतिविधिहरू रोक्न बाध्य हुनेछौँ ।’ आफ्नो कार्यकाल सकिने अन्तिम दिनहरुमा राष्ट्रपति बाइडेनले यो निर्णयमा पुनरावलोकन गर्ने सम्भावना छैन ।

यस्तो अवस्थामा धेरैको नजर नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पतर्फ सोझिएको छ । पहिलो कार्यकालमा टिकटकप्रति आक्रामक देखिएका ट्रम्पले अहिले भने यसमाथि अहिले नै प्रतिबन्ध नलगाउने भाषण गर्दै आएका छन् । यसबारेमा टिकटकका मालिकसँग ट्रम्पले कुराकानी गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा बिहिवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मेस,व्यारेक, विभिन्न शाखाहरु, मेट्रो ट्राफिक एफ.एम.को कार्यालय परिसर तथा अन्य भैतिक पुर्वाधारको निरीक्षण पश्चात काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक […]

नेसपा नयाँ शक्तिको मत गणना जारी अध्यक्ष पदमा भट्टराई र चापागाईंबीच प्रतिस्पर्धा काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा खसेको मत गणना जारी छ माघ २९ गते राति मतगणना सकिएको थियो। बुधबारदेखि मतगणना सुरू भए पनि अहिलेसम्म सकिएको छैन। पहिले केन्द्रीय सदस्यहरू र त्यसपछि पदाधिकारीका लागि खसेको मतगणना गरिएको हो। अध्यक्ष पदमा […]

  काठमाडौं । प्रहरी स्रोतका अनुसार आईजीपी कुँवरले अवकाश अघि नै बिदामा बस्ने इच्छा देखाएका छन्। उनी सम्भव भए एक महिनाअघि नै बिदा बस्न चाहन्छन्। तर, उनले बिदा पाउने सम्भावना न्यून छ। यदि उनले बिदा लिन चाहेमा सरकारले एक महिनाअघि नै कामु आईजीपी चयन गर्नुपर्ने हुन्छ।प्रहरी नियमअनुसार आईजीपीकै ब्याचका अधिकारीलाई निमित्त दिएर आईजीपीलाई बिदामा पठाउने सम्भावना कम देखिन्छ। ५ चैतमा को बन्नेछन् नेपाल […]

error: Content is protected !!