०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

अमेरिकाको सर्वोच्च अदालतले टिकटक बन्द गर्ने निर्देशन

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, माघ ०६, २०८१

 

काठमाडौं । गएराति अमेरिकाको सर्वोच्च अदालतले यदि टिकटकले अमेरिकी कम्पनीलाई आफ्नो स्वामित्व नबेचेमा कानूनअनुसार भोलिदेखि प्रतिबन्धमा पर्ने फैसला गरेको हो ।

सर्वोच्च अदालतको फैसलापछि सरकारले अब टिकटकको अमेरिकी संस्करण एप स्टोर र वेब होस्टिङ्ग सेवाबाट हटाउनेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकमाथि प्रतिबन्ध लगाउने कानून बनाएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । मुद्दाको फैसला गर्दै सर्वोच्चले सरकारको कानूनी निर्णय ठिक हो भनेको छ ।

सर्वोच्चको फैसलापछि चिनियाँ कम्पनी टिकटकले यदि अमेरिकी सरकारले कुनै कदम चालेन भने भोलिदेखि अमेरिकामा आफ्नो गतिविधि बन्द गर्ने बताएको छ ।

टिकटकले विज्ञप्ती जारी गरेर भनेको छ, ‘जो बाइडेन, ह्वाइट हाउस र न्याय विभागले हामीलाई स्पष्टता र आश्वासन दिन असफल भएका छन्, यदि अमेरिकी सरकारले बयान जारी गरेर आश्वासन दिँदैन भने, हामी जनवरी १९ मा सबै गतिविधिहरू रोक्न बाध्य हुनेछौँ ।’ आफ्नो कार्यकाल सकिने अन्तिम दिनहरुमा राष्ट्रपति बाइडेनले यो निर्णयमा पुनरावलोकन गर्ने सम्भावना छैन ।

यस्तो अवस्थामा धेरैको नजर नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पतर्फ सोझिएको छ । पहिलो कार्यकालमा टिकटकप्रति आक्रामक देखिएका ट्रम्पले अहिले भने यसमाथि अहिले नै प्रतिबन्ध नलगाउने भाषण गर्दै आएका छन् । यसबारेमा टिकटकका मालिकसँग ट्रम्पले कुराकानी गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कैलाली । भारतीय गाडी समातेपछि भन्सार अधिकृतले सशस्त्र एसपीलाई थर्काए, नछाडे गृहमन्त्रीलाई फोन गर्ने चेतावनी भन्सार पास भएको भनिएको भारतीय गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि कञ्चनपुर भन्सार कार्यालयका अधिकृतले कैलालीका सशस्त्र प्रहरी प्रमुखलाई थर्काएका छन्। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टले फोन गरेर सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी […]

दाङ । घोराही प्राकृतिक विपत्तिको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घोराही बनाऔँ अभियानले घोराही उपमहानगरपालिकाका नदी तथा खोलाको आसपासमा रहेका जोखिमयुक्त बस्तीमा पुगेर स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा गएको टोलीले विभिन्न जोखिमयुक्त टोल तथा बस्तीमा पुगेर स्थानीयवासीको अवस्था बुझ्नुका साथै सम्भावित विपत्तिबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो। […]

बाँके । नेपालगन्जमा ६० रुपैयाँ भाडाको विषयलाई लिएर रिक्सावालाबीच हानाहान भएको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद हात हालाहालसम्म पुगेको थियो। स्थानीयका अनुसार यस्ता साना विषयमा हुने विवादले सहरको छवि बिगारिरहेको गुनासो गरेका छन ।