०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

Logo
Abc Sanchar प्रकाशित आइतबार, माघ ०६, २०८१

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा हस्ताक्षरीत प्रमाण पत्रमा उल्लेख गरिएको छ । आज प्रहरी कार्यालयमा एक कार्यक्रमका विच प्रहरी निरीक्षक नेपालीलाई प्रहरी उपरीक्षक चन्दे उक्त प्रमाण पत्र प्रदान गरेका हुन ।

प्रहरी निरीक्षक नेपालीले पुष २५ गते राती पाल्पा रम्भा गापा १ भवरमा दाउरा लोड भएको ट्रक रोकी राखेको घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको, मंसीर २८ गते दिउसो पाल्पा रामपुर नगरपालिका वडा नम्बर ७ र ५ बाट २ किलोग्राम गाजाँ सहित २ जना पक्राउ गरिएको, कार्तिक १४ गते रम्भा गाउँपालिका स्थित रम्भा रिसोर्टमा जुवा खेली रहेको अवस्थामा जुवाडे पक्राउ गर्नुभएको थियो ।

यस्तै, कार्तिक ११ गते जिल्ला रामपुर नगरपालिका ४ काँसघारी स्थित राम बहादुर थापाको घर कोठाबाट सुनको गरगहना तथा पार्किङ गरी राखेको भ्यान जिपबाट डेग, चोरी भएकोमा चोरीमा संलग्नलाई पक्राउ गरेको,समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत १० वटा कार्यक्रम सञ्चालन गर्नुक साथै गुण्डागर्दी,चोरी नियन्त्रण गरी शान्ति सुरक्षा कायम तथा फरार प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनमा भूमिका खेल्नुभएको थियाृे ।

प्रहरी निरीक्षक नेपाली कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत रहदा पनि तालिमको आन्तरीक तथा बाह्य प्रशिक्षण कार्यमा उत्कृष्ट कार्य गरेको भन्दै २०८० चैतमा उत्कृष्ट प्रहरी घाषित हुनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा बिहिवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मेस,व्यारेक, विभिन्न शाखाहरु, मेट्रो ट्राफिक एफ.एम.को कार्यालय परिसर तथा अन्य भैतिक पुर्वाधारको निरीक्षण पश्चात काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक […]

नेसपा नयाँ शक्तिको मत गणना जारी अध्यक्ष पदमा भट्टराई र चापागाईंबीच प्रतिस्पर्धा काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा खसेको मत गणना जारी छ माघ २९ गते राति मतगणना सकिएको थियो। बुधबारदेखि मतगणना सुरू भए पनि अहिलेसम्म सकिएको छैन। पहिले केन्द्रीय सदस्यहरू र त्यसपछि पदाधिकारीका लागि खसेको मतगणना गरिएको हो। अध्यक्ष पदमा […]

  काठमाडौं । प्रहरी स्रोतका अनुसार आईजीपी कुँवरले अवकाश अघि नै बिदामा बस्ने इच्छा देखाएका छन्। उनी सम्भव भए एक महिनाअघि नै बिदा बस्न चाहन्छन्। तर, उनले बिदा पाउने सम्भावना न्यून छ। यदि उनले बिदा लिन चाहेमा सरकारले एक महिनाअघि नै कामु आईजीपी चयन गर्नुपर्ने हुन्छ।प्रहरी नियमअनुसार आईजीपीकै ब्याचका अधिकारीलाई निमित्त दिएर आईजीपीलाई बिदामा पठाउने सम्भावना कम देखिन्छ। ५ चैतमा को बन्नेछन् नेपाल […]

error: Content is protected !!