०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

१२ घण्टा टिकटकले आफ्नो सेवा बन्द गरेको अमेरिकामा आफ्नो सेवा पुनः शुरु गर्‍यो

Logo
Abc Sanchar प्रकाशित सोमबार, माघ ०७, २०८१

 

काठमाडौं । अमेरिका नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (सोमबार) पदभार ग्रहण गर्दैछन् । वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल आज सकिएसँगै ट्रम्पले पदभार ग्रहण गर्न लागेका हुन् । अमेरिकामा दुई महिनाअघि भएको राष्ट्रपति पदको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

यसअघि ट्रम्प २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा रहेका थिए । उनी २०२० मा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा भएका थिए ।यसैबीच ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएपछि झण्डै १२ घण्टा आफ्नो सेवा बन्द गरेको टिकटकले अमेरिकामा आफ्नो सेवा पुनः शुरु गरेको बीबीसीले जनाएको छ । एपमाथि प्रतिबन्ध लाग्नुभन्दा केही घण्टाअघि अस्ति शनिवार रातिदेखि एपले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो ।

अमेरिकामा टिकटकलाई प्रतिबन्ध गर्ने नयाँ कानून लागू भएपछि एप्पल र गुगल प्ले स्टोरमा पनि उपलब्ध थिएन । तर ट्रम्पले आज शपथग्रहण समारोहपछि आफूले टिकटकलाई प्रतिबन्ध गर्ने कानून लागू गर्न ढिलाइ गर्ने कार्यकारी आदेश जारी गर्ने प्रतिबद्धता जनाउनुभएसँगै कम्पनीले अमेरिकामा सेवा पुनः सञ्चालनमा ल्याएको थियो । अमेरिकामा टिकटकमा १७ करोड प्रयोगकर्ता रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कैलाली । भारतीय गाडी समातेपछि भन्सार अधिकृतले सशस्त्र एसपीलाई थर्काए, नछाडे गृहमन्त्रीलाई फोन गर्ने चेतावनी भन्सार पास भएको भनिएको भारतीय गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि कञ्चनपुर भन्सार कार्यालयका अधिकृतले कैलालीका सशस्त्र प्रहरी प्रमुखलाई थर्काएका छन्। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टले फोन गरेर सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी […]

दाङ । घोराही प्राकृतिक विपत्तिको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घोराही बनाऔँ अभियानले घोराही उपमहानगरपालिकाका नदी तथा खोलाको आसपासमा रहेका जोखिमयुक्त बस्तीमा पुगेर स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा गएको टोलीले विभिन्न जोखिमयुक्त टोल तथा बस्तीमा पुगेर स्थानीयवासीको अवस्था बुझ्नुका साथै सम्भावित विपत्तिबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो। […]

बाँके । नेपालगन्जमा ६० रुपैयाँ भाडाको विषयलाई लिएर रिक्सावालाबीच हानाहान भएको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद हात हालाहालसम्म पुगेको थियो। स्थानीयका अनुसार यस्ता साना विषयमा हुने विवादले सहरको छवि बिगारिरहेको गुनासो गरेका छन ।