२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण बुधवार पनि विमानस्थल बन्द उडान अबरुद्ध,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, माघ ०९, २०८१

लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण बुधवार पनि विमानस्थल बन्द उडान अबरुद्ध

बाँके । नागरिक उड्डयन कार्यालय नेपालगन्जले बाक्लो हुस्सुका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा विमानस्थल खुल्न नसकेको जनाएको छ ।

नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख सुम्मतप्रसाद चौधरीले मौसममा सुधार हुनासाथ उडान सुचारु हुने जानकारी दिए । चौधरीले भने, ‘जाडो समयमा बाक्लो हुस्सुका कारण विमानस्थल बन्द गर्नुपर्ने बाध्यता छ ।’ उडान नभएपछि कर्णाली प्रदेशका पहाडी जिल्ला तथा राजधानी काठमाडौंका लागि टिकट लिएर विमानस्थल पुगेका यात्रुहरु मौसम सुधार हुने र उडान हुने आशामा विमानस्थल आसपासमै प्रतीक्षारत छन् ।

नेपालगन्जबाट राजधानीलगायत कर्णाली प्रदेशका जिल्लामा गरी दैनिक डेढ दर्जन उडान हुने गरेका छन् । नेपालगन्जबाट कर्णालीका जिल्लामा बिहानीको समयमा उडान हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]