२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

घाइते बालिकाको दाहिने खुट्टा काटियो, सामान्य बन्दै कोहलपुरको जनजीवन

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

महेन्द्र सिंह
बाँके मंसिर २३ कोहलपुरमा आइतबार ट्रक दुर्घटनामा परेकी बालिका प्रकृति चन्दको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
उनको दाहिने खुट्टा काटिएको छ भने देब्रे खुट्टामा गम्भीर चोट लागेको छ । बालिकालाई थप उपचारका लागि आइतबार नै नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । अहिले बालिकाको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
ट्रकले स्कुले बालिका प्रकृति चन्दलाई ठक्कर दिएपछि एकाएक तनावग्रस्त बनेको कोहलपुर बिस्तारै सामान्य अवस्थामा फर्किएको छ । आज विहानैदेखि कोहलपुर बजार खुलेको छ, स्थानीयहरु आफ्नो दैनिक गतिविधिमा फर्किएका छन । अहिले बजारमा चहलपहल बढेको छ भने आज बिहानैबाट लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आएका छन् ।
कोहलपुरमा निषेधाज्ञा भने हटाइएको छैन, सुरक्षा ब्यवस्था निकै कडा पारिएको छ । त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत बालिका प्रकृति चन्दलाई ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएपछि तनाव उत्पन्न भएको थियो ।
आफ्ना बुवासँग मोटरसाइकलमा विद्यालय आएकी प्रकृतिलाई पछाडीबाट आएको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनालगत्तै आक्रोशित विद्यार्थीले ट्रकमा आगजनी गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!