२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

२० करोड लगानीमा बिहीबारबाट थप ४० वटा नयाँ बस सञ्चालनमा,

Logo
Abc Sanchar प्रकाशित बिहिबार, माघ १०, २०८१

 

काठमाडौं । महानगर यातायात प्रालिले २० करोड लगानीमा आज (बिहीबार) बाट थप ४० वटा नयाँ बस सञ्चालनमा ल्याएको छ । ३२ सिट क्षमताका यी बसको लम्बाई साढे आठ मिटर रहेको जनाइएको छ ।

यी बसहरू चन्द्रागिरीदेखि धुलिखेल अस्पतालसम्म सेवा दिने उद्देश्यले थप गरिएको कम्पनीका वरिष्ठ सल्लाहकार धर्मराज रिमालले जानकारी दिएका छन् । उनले यी बसहरू चन्द्रागिरीबाट नयाँ बसपार्क–चाबहिल–कोटेश्वर–बनेपा हुँदै धुलिखेल अस्पतालसम्म पुग्ने उनले जानकारी दिए ।

नयाँ बस थपिएसँगै महानगर यातायातको बस संख्या ८९ पुगेको छ । २०७२ सालमा काठमाडौंको चक्रपथमा एकै पटक गुड्ने गरी ३९ वटा ठूला सिटी बस सञ्चालनमा ल्याएको थियो । कम्पनीले सुरूमा १७ करोड लगानी भएको बताएको छ।

कम्पनीले आगामी दुई महिनाभित्रमा १० विद्युतीय बस समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ । परीक्षणको लागि १० वटा विद्युतीय बस बुकिङ गरिसकेको जानकारी दिंदै उनले भने, ‘यो सफल भयो भने एक वर्षभित्र ५० वटा बस सञ्चालनमा ल्याउने योजना छ ।’

कम्पनीले छिट्टै महानगर यातायातलाई पब्लिक कम्पनी लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने घोषणा गरेको छ । त्यससँगै आइपिओ समेत जारी गर्ने बताएको छ । महानगर यातायातले लामो दूरीका रूटहरूमा सेवा विस्तार गर्ने योजना समेत अघि सारेको छ । ठूला क्षमताका बसहरू सञ्चालनमा आउँदा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]