२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सोमबार तपाईहरुको राशीफल 

Logo
ABC-Sanchar प्रकाशित सोमबार, माघ १४, २०८१

 

मेष : सञ्चित धन खर्च हुनेछ। व्यापारमा सोचेको भन्दा फरक अवस्था सिर्जना हुने भएकाले लगानी गर्दा सहकार्य गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : तपाईंको बोलीले महत्त्वपूर्ण काम बन्नेछ। पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : मन शान्त बन्नेछ। स्वदेशको लगानीबाट फाइदा हुनेछ। लगानीबाट उत्साह मिल्दा मन शान्त बन्नेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। शिक्षा क्षेत्रको लगानीबाट नाफा कमाउने योग छ।

कर्कट : परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। घुमघाम गर्ने दिन तय हुनेछ। स्वास्थ्यले साथ दिनाले मन शान्त बन्नेछ। साथीको साथले महत्त्वपूर्ण काम बन्नेछ ।राज्यको निगरानीमा रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ।

सिंह : दिन राम्रो छ। लगानीका क्षेत्रबाट नाफा हुनेछ। विदेशको रमझमले मन आकर्षित हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। बलले भन्दा बुद्धिले गरेको कामले भविष्य सुन्दर बन्नेछ।

कन्या : दिन राम्रो छ। साना कुराले मनमा झन्झट भए पनि बौद्धिक व्यक्तिसँगको भेट फलदायी बन्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। कृषि क्षेत्रको व्यापारमा फाइदा हुनेछ।

तुला : दैनिक काम सहजै बन्नेछन्। खानपानमा ख्याल नगर्दा पुराना रोगले सताउने छ। दाजुभाइसँगको सहकार्यबाट नाम र दाम दुवै मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति गर्ने भए मेहनतको खाँचो देखिन्छ।

वृश्चिक : आम्दानीका दृष्टिले दिन सहज छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षामा गरेको लगानीबाट मन सन्तुष्ट बन्नेछ।

धनु : दिन राम्रो छ। साथीभाइसँग सहकार्य हुनेछ। पुराना साथीसँगको भेटले खुशी मिल्नेछ। माथिल्लो निकायबाट साथ र सहयोग मिल्नेछ। विपक्षीका कुरामा अलमल नगर्नु उचित हुनेछ। परिवारको साथ मिल्नेछ भने प्रेम सम्बन्ध समुधुर बन्ने योग छ।

मकर : अन्त्य साढेसाती दशा रहेकाले मन अशान्त बन्नेछ। सानो कुराले खटपटी बढ्ने देखिन्छ। अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। खर्च कटौती गर्नुपर्ने समय आएको छ। सहकर्मीसँग सल्लाह लिएर अगाडि बढेको खण्डमा दैनिकी सहज बन्नेछ।

कुम्भ : बौद्धिक व्यक्तिसँग भेट हुनेछ। राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्रतिकुल अवस्था भएकाले धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ। संकटमा साथीको साथ मिल्नेछ।

मीन : सुरुवाती साढेसाती दशाले गर्दा मन अशान्त बन्नसक्छ। शिक्षामा मेहिनेतको खाँचो देखिन्छ। परिवारको साथ र सहयोग लिएमा दिन सहज बन्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट नाफा हुने योग छ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]