२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

रवि लामिछाने ६५ लाख धरौटी बदर गर्न माग गर्दै पुगे उच्च अदालत पोखरामा

Logo
Abc Sanchar प्रकाशित सोमबार, माघ १४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन् ।

न्यायाधीश नितिज राईको इजलासबाट ६५ लाख धरौटी तिरेर रिहा भएका लामिछाने धरौटी रकम बदर गरि आफूलाई साधारण तारेखमा नै छोड्नुपर्ने माग सहित पुनरावेदनका लागि उच्च अदालत पुगेका हुन् ।

लामिछानेका एक कानुन व्यवसायीका अनुसार जिल्ला अदालतले तोकेको धरौटी रकम बदर गरी साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गर्न पाउने आदेशको माग गर्दै आजै उच्च अदालत कास्कीमा निवेदन दर्ता हुँदै छ ।

यता, लामिछानेलाई धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेश बदर गरी थुनामा राख्नुपर्ने माग सहित सरकारी वकिलको कार्यालयले यस अघि नै उच्च अदालत पोखरामा निवेदन दर्ता गराइसकेको छ । सरकारी वकिलको निवेदन पछि उच्च अदालत कास्कीका न्यायाधीश राजकुमार खतिवडाले धरौटीमा छाड्नुका कारण प्रतिवेदन झिकाउने आदेश गरिसकेका छन् ।

लामिछानेको निवेदन दर्ता भएपछि सरकारी वकिलसहितको निवेदनमा सँगै राखि मुद्दा अघि बढ्ने छ । सहकारीमा प्रत्यक्ष रूपमा संलग्न नभएको व्यक्तिलाई ठूलो रकम धरौटी मागिनु न्यायसंगत नरहेको रविका कानून व्यवसायीहरु बताउँछन् ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परि कास्की प्रहरीको हिरासतमा रहेका उनी गत पुस २५ गते धरौटी रकम बुझाएर थुनामुक्त भएका थिए । त्यसपछि काठमाडौं अदालतबाट ६० राख र रुपन्देही अदालतबाट १ करोड धरौटी बुझाएर रिहा भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!